Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: غاپىر   ئايەت:
وَلَقَدْ اَرْسَلْنَا رُسُلًا مِّنْ قَبْلِكَ مِنْهُمْ مَّنْ قَصَصْنَا عَلَیْكَ وَمِنْهُمْ مَّنْ لَّمْ نَقْصُصْ عَلَیْكَ ؕ— وَمَا كَانَ لِرَسُوْلٍ اَنْ یَّاْتِیَ بِاٰیَةٍ اِلَّا بِاِذْنِ اللّٰهِ ۚ— فَاِذَا جَآءَ اَمْرُ اللّٰهِ قُضِیَ بِالْحَقِّ وَخَسِرَ هُنَالِكَ الْمُبْطِلُوْنَ ۟۠
७८) हामीले तपाईंभन्दा अगाडि पनि धेरै संदेष्टाहरू (पैगम्बरहरू) पठायौं । उनीहरूमध्ये त केहीका वृत्तान्त हामीले तपाईंलाई वर्णन गरिदिएका छौं र केही यस्ता छन् जसका वृत्तान्त त हामीले तपाईंलाई वर्णन गरेका छैनौं र कुनै रसूलको पनि यो सामथ्र्य थिएन कि अल्लाहको आदेश बिना कुनै निशानी ल्याओस् । अनि जब अल्लाहको आदेश आइपुग्नेछ त न्यायपूर्ण निर्णय गरिने छ । यहाँ झूठाहरू घाटामा पर्नेछन् ।’’
ئەرەپچە تەپسىرلەر:
اَللّٰهُ الَّذِیْ جَعَلَ لَكُمُ الْاَنْعَامَ لِتَرْكَبُوْا مِنْهَا وَمِنْهَا تَاْكُلُوْنَ ۟ؗ
७९) अल्लाह नै हो जसले तिम्रो निम्ति चौपायाहरू बनायो ताकि उनीहरूमध्ये केहीमाथि तिमीले सवारी गर र उनीहरूमध्ये केहीलाई तिमी खान्छौ पनि ।
ئەرەپچە تەپسىرلەر:
وَلَكُمْ فِیْهَا مَنَافِعُ وَلِتَبْلُغُوْا عَلَیْهَا حَاجَةً فِیْ صُدُوْرِكُمْ وَعَلَیْهَا وَعَلَی الْفُلْكِ تُحْمَلُوْنَ ۟ؕ
८०) र उनीहरूमा तिम्रो निम्ति अरु पनि फाइदाहरू छन् र यसकारण पनि कि तिम्रा हृदयहरूमा लुकेको आवश्यकताहरू, तिनीहरूमाथि सवारी गरेर हासिल गर (चढेर त्यहाँ पुगिहाल) र उनीमाथि तथा डुङ्गाहरूमा तिमी सवार हुन्छौ ।
ئەرەپچە تەپسىرلەر:
وَیُرِیْكُمْ اٰیٰتِهٖ ۖۗ— فَاَیَّ اٰیٰتِ اللّٰهِ تُنْكِرُوْنَ ۟
८१) अल्लाहले तिमीलाई आफ्नो निशानीहरू देखाउँदै गएछ । त तिमी अल्लाहका कुन–कुन निशानीहरूलाई नकारिरहन्छौ ?
ئەرەپچە تەپسىرلەر:
اَفَلَمْ یَسِیْرُوْا فِی الْاَرْضِ فَیَنْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الَّذِیْنَ مِنْ قَبْلِهِمْ ؕ— كَانُوْۤا اَكْثَرَ مِنْهُمْ وَاَشَدَّ قُوَّةً وَّاٰثَارًا فِی الْاَرْضِ فَمَاۤ اَغْنٰی عَنْهُمْ مَّا كَانُوْا یَكْسِبُوْنَ ۟
८२) के यी मानिसहरूले धरतीमा भ्रमण गरेर आफूभन्दा पहिलाका मानिसहरूको परिणाम देखेनन् । जो यिनीहरूभन्दा संख्यामा धेरै र बढी शक्तिवान् थिए र धरतीमा छोडिएको निशानीहरूको दृष्टिले पनि बढी थिए । त जे–जति उनीहरूले गर्दथे उनको काम लागेन ।
ئەرەپچە تەپسىرلەر:
فَلَمَّا جَآءَتْهُمْ رُسُلُهُمْ بِالْبَیِّنٰتِ فَرِحُوْا بِمَا عِنْدَهُمْ مِّنَ الْعِلْمِ وَحَاقَ بِهِمْ مَّا كَانُوْا بِهٖ یَسْتَهْزِءُوْنَ ۟
८३) यसर्थ जब उनीहरूको पैगम्बर उनीहरूको पासमा स्पष्ट निशानीहरू लिएर आए त उनीहरूले आफ्नो ज्ञानमाथि घमण्ड गर्न थाले । र आखिर जुन कुराको उनीहरूले उपहास गरेका थिए त्यही कुराले आइघेर्यो ।
ئەرەپچە تەپسىرلەر:
فَلَمَّا رَاَوْا بَاْسَنَا قَالُوْۤا اٰمَنَّا بِاللّٰهِ وَحْدَهٗ وَكَفَرْنَا بِمَا كُنَّا بِهٖ مُشْرِكِیْنَ ۟
८४) अनि उनीहरूले हाम्रो यातना देख्ने बित्तिकै भन्न लागेः ‘‘हामीले एक्लै अल्लाहमाथि ईमान ल्यायौं र तिनीहरूको इन्कार गर्यौं जसलाई हामीले उसको साझेदार ठहराउँथ्यौं ।
ئەرەپچە تەپسىرلەر:
فَلَمْ یَكُ یَنْفَعُهُمْ اِیْمَانُهُمْ لَمَّا رَاَوْا بَاْسَنَا ؕ— سُنَّتَ اللّٰهِ الَّتِیْ قَدْ خَلَتْ فِیْ عِبَادِهٖ ۚ— وَخَسِرَ هُنَالِكَ الْكٰفِرُوْنَ ۟۠
८५) तर हाम्रो सजाय देखिसकेपछि उनीहरूको ईमानले उनीहरूलाई कुनै पनि लाभ पुर्याउन सकेन । यही अल्लाहको रीति हो, जुन उसका भक्तहरूमा पहिलेदेखि नै चलिआइरहेको छ र यसबेला इन्कार गर्नेहरू घाटामा परिहाले ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: غاپىر
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش