Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: نىسا   ئايەت:
وَّاسْتَغْفِرِ اللّٰهَ ؕ— اِنَّ اللّٰهَ كَانَ غَفُوْرًا رَّحِیْمًا ۟ۚ
१०६) र अल्लाहसँग क्षमाको लागि प्रार्थना गर । निःसन्देह अल्लाह क्षमादाता, अत्यन्त दयालु छ ।
ئەرەپچە تەپسىرلەر:
وَلَا تُجَادِلْ عَنِ الَّذِیْنَ یَخْتَانُوْنَ اَنْفُسَهُمْ ؕ— اِنَّ اللّٰهَ لَا یُحِبُّ مَنْ كَانَ خَوَّانًا اَثِیْمًا ۟ۚۙ
१०७) र जुन मानिस आफूबाटै कपट राख्दछन्, त्यस्ताको तर्फबाट विवाद नगर्नु, किनभने अल्लाहले कपट गर्ने र बेईमानहरूलाई प्रेम गर्दैन ।
ئەرەپچە تەپسىرلەر:
یَّسْتَخْفُوْنَ مِنَ النَّاسِ وَلَا یَسْتَخْفُوْنَ مِنَ اللّٰهِ وَهُوَ مَعَهُمْ اِذْ یُبَیِّتُوْنَ مَا لَا یَرْضٰی مِنَ الْقَوْلِ ؕ— وَكَانَ اللّٰهُ بِمَا یَعْمَلُوْنَ مُحِیْطًا ۟
१०८) तिनीहरू मानिसहरूबाट त लुक्न सक्दछन् तर अल्लाहबाट लुक्न सक्दैनन् । जब यिनीहरू रातिराति आपसमा ती कुराहरूबारे छलफल गर्दछन्, जसलाई अल्लाह रुचाउँदैन । त्यतिखेर पनि अल्लाह यिनीहरूको नजीक हुने गर्दछ । अल्लाहले यिनीहरूका सम्पूर्ण क्रियाकलापलाई आफ्नो घेरामा राखेको छ ।
ئەرەپچە تەپسىرلەر:
هٰۤاَنْتُمْ هٰۤؤُلَآءِ جَدَلْتُمْ عَنْهُمْ فِی الْحَیٰوةِ الدُّنْیَا ۫— فَمَنْ یُّجَادِلُ اللّٰهَ عَنْهُمْ یَوْمَ الْقِیٰمَةِ اَمْ مَّنْ یَّكُوْنُ عَلَیْهِمْ وَكِیْلًا ۟
१०९) हो तिमी त्यही नै हौ जसले सांसारिक जीवनमा त तिनीहरूको पक्ष लियौ, तर कियामतको दिन (प्रलयको दिन) तिनीहरूको तर्फबाट अल्लाहसँग कसले पक्ष लिने छ ? र त्यो को हो जसले तिनीहरूको वकालत गर्न सकोस् ?
ئەرەپچە تەپسىرلەر:
وَمَنْ یَّعْمَلْ سُوْٓءًا اَوْ یَظْلِمْ نَفْسَهٗ ثُمَّ یَسْتَغْفِرِ اللّٰهَ یَجِدِ اللّٰهَ غَفُوْرًا رَّحِیْمًا ۟
११०) जुन मानिसले कुनै गुनाह गर्छ वा आफूलाई नै नराम्रो हुने कुनै काम गर्दछ र पछि अल्लाहसँग क्षमा माँग्दछ भने त्यसले अल्लाहलाई क्षमादाता दयालु पाउनेछ ।
ئەرەپچە تەپسىرلەر:
وَمَنْ یَّكْسِبْ اِثْمًا فَاِنَّمَا یَكْسِبُهٗ عَلٰی نَفْسِهٖ ؕ— وَكَانَ اللّٰهُ عَلِیْمًا حَكِیْمًا ۟
१११) र यदि कसैले गुनाह गर्दछ भने त्यसको भारी उसैमाथि छ र अल्लाह सर्वज्ञाता र सर्वबुद्धि सम्पन्न छ ।
ئەرەپچە تەپسىرلەر:
وَمَنْ یَّكْسِبْ خَطِیْٓئَةً اَوْ اِثْمًا ثُمَّ یَرْمِ بِهٖ بَرِیْٓـًٔا فَقَدِ احْتَمَلَ بُهْتَانًا وَّاِثْمًا مُّبِیْنًا ۟۠
११२) र जुन मानिसले कुनै गल्ती वा पाप गरेर त्यसको आरोप कुनै निर्दोषमाथि थोपार्दछ, उसले खुला गुनाह र झूठो आरोपको भारी आफ्नै टाउकोमा बोकिहाल्यो ।
ئەرەپچە تەپسىرلەر:
وَلَوْلَا فَضْلُ اللّٰهِ عَلَیْكَ وَرَحْمَتُهٗ لَهَمَّتْ طَّآىِٕفَةٌ مِّنْهُمْ اَنْ یُّضِلُّوْكَ ؕ— وَمَا یُضِلُّوْنَ اِلَّاۤ اَنْفُسَهُمْ وَمَا یَضُرُّوْنَكَ مِنْ شَیْءٍ ؕ— وَاَنْزَلَ اللّٰهُ عَلَیْكَ الْكِتٰبَ وَالْحِكْمَةَ وَعَلَّمَكَ مَا لَمْ تَكُنْ تَعْلَمُ ؕ— وَكَانَ فَضْلُ اللّٰهِ عَلَیْكَ عَظِیْمًا ۟
११३) यदि तिमीमाथि अल्लाहको कृपा र दया नभएको भए, तिनीहरूमध्ये एउटा समूहले तिमीलाई मार्गबाट विचलित गराउन प्रण नै गरिसकेको थियो तर वास्तवमा तिनीहरू आफूलाई नै कुबाटोमा लगाइरहेका छन् । र यिनीहरूले तिम्रो केही पनि बिगार्न सक्दैनन् । अल्लाह तिमीलाई ग्रन्थ र बुद्धिमत्ता प्रदान गर्याे र तिमीलाई ती कुराहरूको ज्ञान दियो जुनकि तिमीलाई थाहा थिएन र तिमीमाथि अल्लाहको ठूलो कृपा छ ।
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: نىسا
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش