Check out the new design

قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى * - تەرجىمىلەر مۇندەرىجىسى


مەنالار تەرجىمىسى سۈرە: پۇرقان   ئايەت:
وَلَا یَاْتُوْنَكَ بِمَثَلٍ اِلَّا جِئْنٰكَ بِالْحَقِّ وَاَحْسَنَ تَفْسِیْرًا ۟ؕ
३३) र यिनीहरूले तपाई सामु जुन उदाहरण ल्याउँने छन्, हामीले त्यसको सही र धेरै राम्रो जवाफ तपाईलाई बताइदिनेछौं ।
ئەرەپچە تەپسىرلەر:
اَلَّذِیْنَ یُحْشَرُوْنَ عَلٰی وُجُوْهِهِمْ اِلٰی جَهَنَّمَ ۙ— اُولٰٓىِٕكَ شَرٌّ مَّكَانًا وَّاَضَلُّ سَبِیْلًا ۟۠
३४) जुन मानिसहरू घोप्टो पारी नर्कतिर एकत्रित गरिनेछन्, उनीहरू नराम्रो बासस्थानवाला र पूरै विचलित बाटोवाला हुनेछन् ।
ئەرەپچە تەپسىرلەر:
وَلَقَدْ اٰتَیْنَا مُوْسَی الْكِتٰبَ وَجَعَلْنَا مَعَهٗۤ اَخَاهُ هٰرُوْنَ وَزِیْرًا ۟ۚۖ
३५) र निःसन्देह हामीले मूसालाई किताब प्रदान गर्यौं र उनका सहयात्री भाइ हारूनलाई (मन्त्री) सहायक बनायौं ।
ئەرەپچە تەپسىرلەر:
فَقُلْنَا اذْهَبَاۤ اِلَی الْقَوْمِ الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا ؕ— فَدَمَّرْنٰهُمْ تَدْمِیْرًا ۟ؕ
३६) र भन्यौं कि तिमी दुवै ती मानिसहरूतिर जाऊ, जसले हाम्रो आयतहरूलाई असत्य भनिरहेका छन् । फेरि हामीले उनीहरूलाई पूरै नष्ट गरिहाल्यौं ।
ئەرەپچە تەپسىرلەر:
وَقَوْمَ نُوْحٍ لَّمَّا كَذَّبُوا الرُّسُلَ اَغْرَقْنٰهُمْ وَجَعَلْنٰهُمْ لِلنَّاسِ اٰیَةً ؕ— وَاَعْتَدْنَا لِلظّٰلِمِیْنَ عَذَابًا اَلِیْمًا ۟ۚۙ
३७) र ‘‘नूहको’’ जातिबन्धुले पनि जब पैगम्बरहरूलाई झूठा भने, तब हामीले उनलाई डुबाइदियौं र उनीहरूलाइ मानिसहरूको निम्ति शिक्षा लिने निशानी बनाइदियौं र अत्याचारीहरूको निम्ति हामीले दुःखद् यातना तयार गरिसकेका छौं ।
ئەرەپچە تەپسىرلەر:
وَّعَادًا وَّثَمُوْدَاۡ وَاَصْحٰبَ الرَّسِّ وَقُرُوْنًا بَیْنَ ذٰلِكَ كَثِیْرًا ۟
३८) र ‘‘आद’’ र ‘‘समूद’’ का जातिबन्धुहरू र इनारवालाहरू र उनीहरूको बीचमा भएका धेरै समूहहरूलाई पनि नष्ट गरिहाल्यौं ।
ئەرەپچە تەپسىرلەر:
وَكُلًّا ضَرَبْنَا لَهُ الْاَمْثَالَ ؗ— وَكُلًّا تَبَّرْنَا تَتْبِیْرًا ۟
३९) र सबैलाई (सम्झाउनको) निम्ति हामीले उदाहरण बयान गर्यौं र फेरिः प्रत्येकलाई हामीले नष्ट गरिदियौं ।
ئەرەپچە تەپسىرلەر:
وَلَقَدْ اَتَوْا عَلَی الْقَرْیَةِ الَّتِیْۤ اُمْطِرَتْ مَطَرَ السَّوْءِ ؕ— اَفَلَمْ یَكُوْنُوْا یَرَوْنَهَا ۚ— بَلْ كَانُوْا لَا یَرْجُوْنَ نُشُوْرًا ۟
४०) यिनीहरूले त्यस बस्तीको नजिकबाट पनि अवागमन गरिराखेका छन्, जसमाथि नराम्रो वृष्टि गराइएको थियो, तत्पश्चात पनि के उनीहरूले त्यसलाई देखिराखेका छैनन्,? (होइन) बरु वास्तविकता यो हो कि उनीहरू दोस्रो पटक जीवित भई उठ्ने आशा नै गरिराखेका छैनन् ?
ئەرەپچە تەپسىرلەر:
وَاِذَا رَاَوْكَ اِنْ یَّتَّخِذُوْنَكَ اِلَّا هُزُوًا ؕ— اَهٰذَا الَّذِیْ بَعَثَ اللّٰهُ رَسُوْلًا ۟
४१) र यिनीहरूले जब तपाईलाई देख्छन्, (त्यतिखेर) तपाईको उपहास गर्दछन्, कि के यही त्यो मानिस हो, जसलाई अल्लाहले पैगम्बर (संदेष्टा) बनाएर पठाएको छ ?
ئەرەپچە تەپسىرلەر:
اِنْ كَادَ لَیُضِلُّنَا عَنْ اٰلِهَتِنَا لَوْلَاۤ اَنْ صَبَرْنَا عَلَیْهَا ؕ— وَسَوْفَ یَعْلَمُوْنَ حِیْنَ یَرَوْنَ الْعَذَابَ مَنْ اَضَلُّ سَبِیْلًا ۟
४२) यसले त हामीलाई हाम्रा पूज्यहरूबाट विमुख नै पारिदिने थियो, यदि हामी उनीहरूमा दृढ नभएको भए र तिनीहरूले जब यातना देख्नेछन् तब शीघ्र नै उनीहरूलाई थाहा भइहाल्ने छ, कि मार्गबाट को पूरै विचलित भएको थियो ।
ئەرەپچە تەپسىرلەر:
اَرَءَیْتَ مَنِ اتَّخَذَ اِلٰهَهٗ هَوٰىهُ ؕ— اَفَاَنْتَ تَكُوْنُ عَلَیْهِ وَكِیْلًا ۟ۙ
४३) के तपाईले त्यस व्यक्तिलाई पनि देख्नुभयो, जसले आफ्नो इच्छापूर्तिलाई नै आफ्नो पूज्य बनाइरहेको छ, त के तपाई त्यसको जिम्मेदार बन्नुहुनेछ ?
ئەرەپچە تەپسىرلەر:
 
مەنالار تەرجىمىسى سۈرە: پۇرقان
سۈرە مۇندەرىجىسى بەت نومۇرى
 
قۇرئان كەرىم مەنىلىرىنىڭ تەرجىمىسى - نىپالچە تەرجىمىسى- ئەھلى ھەدىس جەمئىيىتى - تەرجىمىلەر مۇندەرىجىسى

نىپال ئەھلى ھەدىس مەركەز جەمئىيتى چىقارغان.

تاقاش