Check out the new design

Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith * - Indise ng mga Salin


Salin ng mga Kahulugan Surah: Al-A‘rāf   Ayah:
وَلَقَدْ جِئْنٰهُمْ بِكِتٰبٍ فَصَّلْنٰهُ عَلٰی عِلْمٍ هُدًی وَّرَحْمَةً لِّقَوْمٍ یُّؤْمِنُوْنَ ۟
५२) हामीले तिनीहरूको पासमा एउटा यस्तो किताब पुर्याइसकेका छौं जसलाई हामीले आफ्नो परिपक्व ज्ञानको आधारमा विस्तृत रूपमा वर्णन गरेका छौं र त्यो मोमिनहरूको लागि मार्गदर्शन र कृपा (वरदान) हो ।
Ang mga Tafsir na Arabe:
هَلْ یَنْظُرُوْنَ اِلَّا تَاْوِیْلَهٗ ؕ— یَوْمَ یَاْتِیْ تَاْوِیْلُهٗ یَقُوْلُ الَّذِیْنَ نَسُوْهُ مِنْ قَبْلُ قَدْ جَآءَتْ رُسُلُ رَبِّنَا بِالْحَقِّ ۚ— فَهَلْ لَّنَا مِنْ شُفَعَآءَ فَیَشْفَعُوْا لَنَاۤ اَوْ نُرَدُّ فَنَعْمَلَ غَیْرَ الَّذِیْ كُنَّا نَعْمَلُ ؕ— قَدْ خَسِرُوْۤا اَنْفُسَهُمْ وَضَلَّ عَنْهُمْ مَّا كَانُوْا یَفْتَرُوْنَ ۟۠
५३) के यिनीहरू यस प्रतीक्षामा छन, कि अन्तिम परिणाम सामुन्ने आइहालोस् । जुन दिन त्यो अन्तिम परिणाम अगाडि आउनेछ ती व्यक्ति जसले पहिले त्यसको उपेक्षा गरेका थिए भन्ने छन् ‘‘वास्तवमा हाम्रो पालनकर्ताका रसूल सत्य लिएर आएका थिए, के आज हामीलाई कोही सिफारिश गर्ने पाइन्छ जसले हाम्रो हकमा सिफारिश गरुन् ? वा के हामीलाई संसारमा फिर्ता पठाउन सकिन्छ ताकि जुन दुष्कर्म हामीले अघि गर्दथ्यौं त्यो नगरौं बरु तिनको विपरीत अन्य (असल) कर्म गरौं । निःसन्देह तिनीहरूले आफैलाई घाटामा पारेका छन् र जे–जति मनगढन्ते कुरा यिनीहरूले गर्दथे ती सबै हराइसके ।’’
Ang mga Tafsir na Arabe:
اِنَّ رَبَّكُمُ اللّٰهُ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ فِیْ سِتَّةِ اَیَّامٍ ثُمَّ اسْتَوٰی عَلَی الْعَرْشِ ۫— یُغْشِی الَّیْلَ النَّهَارَ یَطْلُبُهٗ حَثِیْثًا ۙ— وَّالشَّمْسَ وَالْقَمَرَ وَالنُّجُوْمَ مُسَخَّرٰتٍ بِاَمْرِهٖ ؕ— اَلَا لَهُ الْخَلْقُ وَالْاَمْرُ ؕ— تَبٰرَكَ اللّٰهُ رَبُّ الْعٰلَمِیْنَ ۟
५४) निःसन्देह तिम्रो पालनकर्ता अल्लाह नै हो, जसले आकाशहरू र पृथ्वीलाई, छ (६) दिनमै सृष्टि गर्यो र त्यस पश्चात आफ्नो अर्श (सिंहसान) माथि उच्च भयो, उसैले रातीबाट दिनलाई यसरी ढाकिदिन्छ कि दिन रातीको पछि दौडेर आउँछ । र सूर्य, चन्द्र र ताराहरूको यसरी सृष्टि गर्यो कि सबै उसैको आदेशको अधीनमा छन् । हेर ! सम्पूर्ण सृष्टि उसैको हो र आदेश पनि उसैको हो । यो अल्लाह सर्वगुण सम्पन्न छ जो सबै ब्रह्माण्डको पालनकर्ता हो ।
Ang mga Tafsir na Arabe:
اُدْعُوْا رَبَّكُمْ تَضَرُّعًا وَّخُفْیَةً ؕ— اِنَّهٗ لَا یُحِبُّ الْمُعْتَدِیْنَ ۟ۚ
५५) (मानिसहरू !) आफ्नो पालनकर्तासंग विनम्र विन्ती गर्नेगर ठूलो स्वरले र एकान्तमा प्रार्थना गर । वास्तवमा अल्लाहले सीमा उल्लंघन गर्नेहरूलाई प्रेम गर्दैन ।
Ang mga Tafsir na Arabe:
وَلَا تُفْسِدُوْا فِی الْاَرْضِ بَعْدَ اِصْلَاحِهَا وَادْعُوْهُ خَوْفًا وَّطَمَعًا ؕ— اِنَّ رَحْمَتَ اللّٰهِ قَرِیْبٌ مِّنَ الْمُحْسِنِیْنَ ۟
५६) र पृथ्वीमा सुधार भइसकेपछि उपद्रव नगर्नु र अल्लाहसँग डराउँदै र आशा राख्दै प्रार्थना गर्दैगर्नु । निःसन्देह अल्लाहको अनुकम्पा सत्कर्म गर्नेहरूको समीप छ ।
Ang mga Tafsir na Arabe:
وَهُوَ الَّذِیْ یُرْسِلُ الرِّیٰحَ بُشْرًاۢ بَیْنَ یَدَیْ رَحْمَتِهٖ ؕ— حَتّٰۤی اِذَاۤ اَقَلَّتْ سَحَابًا ثِقَالًا سُقْنٰهُ لِبَلَدٍ مَّیِّتٍ فَاَنْزَلْنَا بِهِ الْمَآءَ فَاَخْرَجْنَا بِهٖ مِنْ كُلِّ الثَّمَرٰتِ ؕ— كَذٰلِكَ نُخْرِجُ الْمَوْتٰی لَعَلَّكُمْ تَذَكَّرُوْنَ ۟
५७) र ऊ नै हो जसले आफ्नो अनुकम्पाको (बर्षा) भन्दा अगाडी वायुलाई शुभसूचनाको रूपमा पठाउँदछ । यहाँसम्म कि जब त्यसले ठूला–ठूला बादलहरूलाई उचालेर ल्याउँछ तब हामीले त्यसलाई एउटा कुनै सुख्खा भू–भागतिर पठाइदिन्छौ । त्यसपछि बादलहरूबाट बृष्टि गराउँछौ, अनि त्यस बर्षाको जलबाट थरि–थरिका फल उत्पन्न गर्दछौं । यसै प्रकार हामीले मृतकहरूलाई (जीवित पारी) बाहिर निकाल्ने छौं । आशा छ कि तिमीले सदुपदेश ग्रहण गर्नेछौ ।
Ang mga Tafsir na Arabe:
 
Salin ng mga Kahulugan Surah: Al-A‘rāf
Indise ng mga Surah Numero ng Pahina
 
Salin ng mga Kahulugan ng Marangal na Qur'an - Salin sa Wiikang Nepali ng Kapisanan ng Ahl Al-Hadith - Indise ng mga Salin

Inilathala ng Sentral na Kapisanan ng Ahl Al-Hadith sa Nepal.

Isara