Check out the new design

அல்குர்ஆன் மொழிபெயர்ப்பு - நேபாளி மொழிபெயர்ப்பு - அஹ்ல் அல்-ஹதீஸ் சொசைட்டி * - மொழிபெயர்ப்பு அட்டவணை


மொழிபெயர்ப்பு அத்தியாயம்: மர்யம்   வசனம்:
رَبُّ السَّمٰوٰتِ وَالْاَرْضِ وَمَا بَیْنَهُمَا فَاعْبُدْهُ وَاصْطَبِرْ لِعِبَادَتِهٖ ؕ— هَلْ تَعْلَمُ لَهٗ سَمِیًّا ۟۠
६५) आकाश र धरती र जे दुईटैको माझमा छ सबैको मालिक उही हो, तिमी उसैको पूजा गर र उसैको आराधनामा दृढ रह, के तिम्रो जानकारीमा उस जस्तो नाम (र क्षमता) वाला छ? (कदापि छैन ।)
அரபு விரிவுரைகள்:
وَیَقُوْلُ الْاِنْسَانُ ءَاِذَا مَا مِتُّ لَسَوْفَ اُخْرَجُ حَیًّا ۟
६६) मानिसले भन्दछ कि के जब म मरिहाल्छु, त फेरि जीवित गराई बाहिर निकालिने छु ?
அரபு விரிவுரைகள்:
اَوَلَا یَذْكُرُ الْاِنْسَانُ اَنَّا خَلَقْنٰهُ مِنْ قَبْلُ وَلَمْ یَكُ شَیْـًٔا ۟
६७) के यो मानिस यति पनि स्मरण गर्दैन कि हामीले उसलाई पहिले पनि सृष्टि गरेका थियौं जबकि ऊ केही पनि थिएन ।
அரபு விரிவுரைகள்:
فَوَرَبِّكَ لَنَحْشُرَنَّهُمْ وَالشَّیٰطِیْنَ ثُمَّ لَنُحْضِرَنَّهُمْ حَوْلَ جَهَنَّمَ جِثِیًّا ۟ۚ
६८) तिम्रो पालनकर्ताको शपथ हामीले तिनीहरूलाई र शैतानलाई एकत्रित पार्नेछौं र यी सबैलाई जहन्नमको छेउमा उपस्थित गराउने छौं (तिनीहरूले) घुँडा टेकिराखेका हुनेछन् ।
அரபு விரிவுரைகள்:
ثُمَّ لَنَنْزِعَنَّ مِنْ كُلِّ شِیْعَةٍ اَیُّهُمْ اَشَدُّ عَلَی الرَّحْمٰنِ عِتِیًّا ۟ۚ
६९) अनि प्रत्येक समूहबाट हामीले त्यस्तालाई निकालेर उभ्याउने छौं, जसले जाहिर हुन्छ कि उनीहरूमध्येको अल्लाहको आदेशको गम्भीर अवज्ञा गर्दथे ।
அரபு விரிவுரைகள்:
ثُمَّ لَنَحْنُ اَعْلَمُ بِالَّذِیْنَ هُمْ اَوْلٰی بِهَا صِلِیًّا ۟
७०) फेरि हामी तिनीहरूलाई राम्ररी जान्दछौं जो नर्कमा प्रवेशको सजाय भोग्नेवाला छन् ।
அரபு விரிவுரைகள்:
وَاِنْ مِّنْكُمْ اِلَّا وَارِدُهَا ۚ— كَانَ عَلٰی رَبِّكَ حَتْمًا مَّقْضِیًّا ۟ۚ
७१) तिमीमध्ये हरेक अवश्य नै त्यहाँ पुग्नेवाला छ, यो तिम्रो पालनकर्ताको निश्चितरूपले पूरा हुने आदेश हो ।
அரபு விரிவுரைகள்:
ثُمَّ نُنَجِّی الَّذِیْنَ اتَّقَوْا وَّنَذَرُ الظّٰلِمِیْنَ فِیْهَا جِثِیًّا ۟
७२) अनि हामीले आत्मसंयमीहरूलाई बचाउने छौं र अवज्ञकारीहरूलाई त्यहीं घुँडाटेकेको अवस्थामा छाडिदिनेछौं ।
அரபு விரிவுரைகள்:
وَاِذَا تُتْلٰی عَلَیْهِمْ اٰیٰتُنَا بَیِّنٰتٍ قَالَ الَّذِیْنَ كَفَرُوْا لِلَّذِیْنَ اٰمَنُوْۤا ۙ— اَیُّ الْفَرِیْقَیْنِ خَیْرٌ مَّقَامًا وَّاَحْسَنُ نَدِیًّا ۟
७३) जब तिमीहरूको अगाडि हाम्रा स्पष्ट आयतहरूको पाठ गरिन्छ त काफिरहरूले मुसलमानहरूसित भन्दछन् कि भन हाम्रा र तिम्रा समूहहरूमध्ये कुन चाहिँ उच्च स्थानप्राप्त छ ? र कसको भेला शानदार छ ?
அரபு விரிவுரைகள்:
وَكَمْ اَهْلَكْنَا قَبْلَهُمْ مِّنْ قَرْنٍ هُمْ اَحْسَنُ اَثَاثًا وَّرِﺋْﻴًﺎ ۟
७४) हामीले त तिनीहरू भन्दाअगाडिका कैयौं समूहहरूको नाश गरिसकेका छौं । जो साधन सम्पन्नतामा र नाममा उनीहरूभन्दा धेरै बढी थिए ।
அரபு விரிவுரைகள்:
قُلْ مَنْ كَانَ فِی الضَّلٰلَةِ فَلْیَمْدُدْ لَهُ الرَّحْمٰنُ مَدًّا ۚ۬— حَتّٰۤی اِذَا رَاَوْا مَا یُوْعَدُوْنَ اِمَّا الْعَذَابَ وَاِمَّا السَّاعَةَ ؕ۬— فَسَیَعْلَمُوْنَ مَنْ هُوَ شَرٌّ مَّكَانًا وَّاَضْعَفُ جُنْدًا ۟
७५) भनिदिनुस्ः कि जुन मानिस मार्गविचलनमा छ, रहमान त्यसलाई बिस्तारै लामो छूट दिइराखेको हुन्छ, जबसम्म कि तिनीहरूले ती कुराहरू देख्दैनन्, जसको वचन दिइन्छ अर्थात सजाय वा प्रलय (कियामत) । त्यतिखेर उनीहरूलाई राम्ररी थाहा हुनेछ कि को निम्न श्रेणीको छ र कुन चाहिँ कमजोर समूहको छ ।
அரபு விரிவுரைகள்:
وَیَزِیْدُ اللّٰهُ الَّذِیْنَ اهْتَدَوْا هُدًی ؕ— وَالْبٰقِیٰتُ الصّٰلِحٰتُ خَیْرٌ عِنْدَ رَبِّكَ ثَوَابًا وَّخَیْرٌ مَّرَدًّا ۟
७६) र जसले मार्ग पाइहालेका छन्, अल्लाहले तिनीहरूको मार्गदर्शनमा अभिवृद्धि गर्दछ र शेष रहने असल कर्महरू तिम्रो पालनकर्ताकहाँको पुरस्कार र अन्तिम परिणामको दृष्टिकोणले उत्तम छन् ।
அரபு விரிவுரைகள்:
 
மொழிபெயர்ப்பு அத்தியாயம்: மர்யம்
அத்தியாயங்களின் அட்டவணை பக்க எண்
 
அல்குர்ஆன் மொழிபெயர்ப்பு - நேபாளி மொழிபெயர்ப்பு - அஹ்ல் அல்-ஹதீஸ் சொசைட்டி - மொழிபெயர்ப்பு அட்டவணை

நேபாள அஹ்ளுல் ஹதீஸ் மத்திய சங்கத்தால் வெளியிடப்பட்டது.

மூடுக