Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: توبه   آیت:
وَّعَلَی الثَّلٰثَةِ الَّذِیْنَ خُلِّفُوْا ؕ— حَتّٰۤی اِذَا ضَاقَتْ عَلَیْهِمُ الْاَرْضُ بِمَا رَحُبَتْ وَضَاقَتْ عَلَیْهِمْ اَنْفُسُهُمْ وَظَنُّوْۤا اَنْ لَّا مَلْجَاَ مِنَ اللّٰهِ اِلَّاۤ اِلَیْهِ ؕ— ثُمَّ تَابَ عَلَیْهِمْ لِیَتُوْبُوْا ؕ— اِنَّ اللّٰهَ هُوَ التَّوَّابُ الرَّحِیْمُ ۟۠
११८) र ती तीन जनाको अवस्थामाथि पनि ध्यान दियो जसको कुरा (निर्णय) मुल्तवी (स्थगित) गरिएको थियो, यहाँसम्म कि पृथ्वी आफ्नो विस्तारको बावजूद तिनीहरूको निम्ति साँगुरो भइहाल्यो र तिनीहरूका आत्मा पनि व्याकुल भइहाले र तिनीहरूलाई थाहा भयो कि अल्लाहबाट बच्नको लागि कहीं शरण छैन, शरण छ भने त उसैको समीपमा छ । अनि (अल्लाहले) तिनीहरूमाथि दया गर्यो ताकि उनी प्रायश्चित गर्न सकुन् । निःसन्देह अल्लाह नै प्रयाश्चित स्वीकार गर्नेवाला र दयावान छ ।
عربي تفسیرونه:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوا اتَّقُوا اللّٰهَ وَكُوْنُوْا مَعَ الصّٰدِقِیْنَ ۟
११९) हे ईमानवालाहरू ! अल्लाहसित डर्दै रहनु र सत्यवादीहरूको संगतमा नै रहनु ।
عربي تفسیرونه:
مَا كَانَ لِاَهْلِ الْمَدِیْنَةِ وَمَنْ حَوْلَهُمْ مِّنَ الْاَعْرَابِ اَنْ یَّتَخَلَّفُوْا عَنْ رَّسُوْلِ اللّٰهِ وَلَا یَرْغَبُوْا بِاَنْفُسِهِمْ عَنْ نَّفْسِهٖ ؕ— ذٰلِكَ بِاَنَّهُمْ لَا یُصِیْبُهُمْ ظَمَاٌ وَّلَا نَصَبٌ وَّلَا مَخْمَصَةٌ فِیْ سَبِیْلِ اللّٰهِ وَلَا یَطَـُٔوْنَ مَوْطِئًا یَّغِیْظُ الْكُفَّارَ وَلَا یَنَالُوْنَ مِنْ عَدُوٍّ نَّیْلًا اِلَّا كُتِبَ لَهُمْ بِهٖ عَمَلٌ صَالِحٌ ؕ— اِنَّ اللّٰهَ لَا یُضِیْعُ اَجْرَ الْمُحْسِنِیْنَ ۟ۙ
१२०) मदीनाका बासिन्दाहरू र उनीहरूको छरछिमेकमा बस्ने ग्रामिणहरूका निम्ति अल्लाहका पैगम्बरलाई छोडेर घरमा बसिरहनु उचित थिएन न त आफ्नो प्राणलाई उनको ज्यानभन्दा प्रिय ठान्नु, यो यस कारण कि अल्लाहको बाटोमा तिनलाई जुन तिर्खा लाग्यो, थकाई लाग्यो वा भोक लाग्यो वा यस्तो ठाउँमा हिंडे जहाँ काफिरहरूलाई रिस उठ्छ वा शत्रुहरूलाई ठीक पारे, यस्ता प्रत्येक कर्ममा तिनीहरूको नाममा एक–एक पुण्य लेखियो । निःसन्देह अल्लाहले सत्कर्म गर्नेहरूको प्रतिफल नष्ट पार्दैन ।
عربي تفسیرونه:
وَلَا یُنْفِقُوْنَ نَفَقَةً صَغِیْرَةً وَّلَا كَبِیْرَةً وَّلَا یَقْطَعُوْنَ وَادِیًا اِلَّا كُتِبَ لَهُمْ لِیَجْزِیَهُمُ اللّٰهُ اَحْسَنَ مَا كَانُوْا یَعْمَلُوْنَ ۟
१२१) र (यसै प्रकार) तिनीहरूले जे खर्च गरे थोरै अथवा धेरै अथवा (साहसपूर्ण तरिकाले) जति मैदान पार गरे, यी सबै तिनीहरूको नाममा (सत्कर्महरू अन्तर्गत) लेखिन्छन् ताकि अल्लाहले तिनीहरूका कर्महरूको राम्रो प्रतिफल प्रदान गर्न सकोस् ।
عربي تفسیرونه:
وَمَا كَانَ الْمُؤْمِنُوْنَ لِیَنْفِرُوْا كَآفَّةً ؕ— فَلَوْلَا نَفَرَ مِنْ كُلِّ فِرْقَةٍ مِّنْهُمْ طَآىِٕفَةٌ لِّیَتَفَقَّهُوْا فِی الدِّیْنِ وَلِیُنْذِرُوْا قَوْمَهُمْ اِذَا رَجَعُوْۤا اِلَیْهِمْ لَعَلَّهُمْ یَحْذَرُوْنَ ۟۠
१२२) र यो त हुनैसक्तैन कि मोमिनहरू सबै निस्किहालुन्, त यस्तो किन नगरियोस् कि प्रत्येक ठूलो समूहमध्येबाट एउटा सानो समूह जाने गरोस् ताकि धर्मको शिक्षा ग्रहण गरुन् र आफ्नो समूहतिर फर्केर आएपछि भयको कुरा सुनाउन् ताकि तिनीहरू डरुन् (र आफूलाई दृष्कर्मबाट टाढा राखुन्) ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: توبه
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول