Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: محمد   آیت:
وَلَوْ نَشَآءُ لَاَرَیْنٰكَهُمْ فَلَعَرَفْتَهُمْ بِسِیْمٰهُمْ ؕ— وَلَتَعْرِفَنَّهُمْ فِیْ لَحْنِ الْقَوْلِ ؕ— وَاللّٰهُ یَعْلَمُ اَعْمَالَكُمْ ۟
३०) र यदि हामीले चाहेको भए उनीहरू सबैलाई तिमीलाई देखाइदिन्थ्यौ । अनि तिमीले उनीहरूलाई उनीहरूको अनुहारबाट चिनीहाल्थ्यौ, निश्चितरूपले तिमीले उनीहरूलाई उनको कुराकानी गर्ने तौरतरिकाबाट अवश्य नै चिनीहाल्ने छौ । अल्लाहले तिम्रा (समस्त) कर्महरूलाई जान्दछ ।
عربي تفسیرونه:
وَلَنَبْلُوَنَّكُمْ حَتّٰی نَعْلَمَ الْمُجٰهِدِیْنَ مِنْكُمْ وَالصّٰبِرِیْنَ ۙ— وَنَبْلُوَاۡ اَخْبَارَكُمْ ۟
३१) र निःसन्देह हामीले तिमीहरूको परीक्षा लिनेछौं ताकि तिमीमध्ये धर्मयुद्ध गर्नेवाला र संतोष गर्नेवालाहरूलाई प्रकट गरौं र हामीले तिम्रो अवस्थाहरूको पनि जाँच गर्न सकौं ।
عربي تفسیرونه:
اِنَّ الَّذِیْنَ كَفَرُوْا وَصَدُّوْا عَنْ سَبِیْلِ اللّٰهِ وَشَآقُّوا الرَّسُوْلَ مِنْ بَعْدِ مَا تَبَیَّنَ لَهُمُ الْهُدٰی ۙ— لَنْ یَّضُرُّوا اللّٰهَ شَیْـًٔا ؕ— وَسَیُحْبِطُ اَعْمَالَهُمْ ۟
३२) निःसन्देह जुन मान्छेहरूले कुफ्र गरे र अल्लाहको मार्गबाट मान्छेहरूलाई रोके र रसूलहरूको विरोध गरे, जबकि उनीहरूमाथि सत्य स्पष्ट भइसकेको थियो उनी कहिल्यै पनि अल्लाहको केही बिगार गर्नसक्ने छैनन् । र शीघ्र उनीहरूका कर्मलाई नष्ट गरिदिनेछ ।
عربي تفسیرونه:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْۤا اَطِیْعُوا اللّٰهَ وَاَطِیْعُوا الرَّسُوْلَ وَلَا تُبْطِلُوْۤا اَعْمَالَكُمْ ۟
३३) हे ईमानवालाहरू ! अल्लाहको आज्ञापालन गर, र रसूलले भनेको मान र आफ्ना कर्महरूलाई नष्ट नपार ।
عربي تفسیرونه:
اِنَّ الَّذِیْنَ كَفَرُوْا وَصَدُّوْا عَنْ سَبِیْلِ اللّٰهِ ثُمَّ مَاتُوْا وَهُمْ كُفَّارٌ فَلَنْ یَّغْفِرَ اللّٰهُ لَهُمْ ۟
३४) निश्चय नै जसले इन्कार गरे र अल्लाहको मार्गबाट अरुलाई रोके र फेरि कुफ्र गरेको अवस्थामा मरिहाले, विश्वास गर उनीहरूलाई अल्लाहले कहिल्यै क्षमा गर्नेछैन ।
عربي تفسیرونه:
فَلَا تَهِنُوْا وَتَدْعُوْۤا اِلَی السَّلْمِ ۖۗ— وَاَنْتُمُ الْاَعْلَوْنَ ۖۗ— وَاللّٰهُ مَعَكُمْ وَلَنْ یَّتِرَكُمْ اَعْمَالَكُمْ ۟
३५) अतः यस्तो नहोस् कि तिमीले हिम्मत हारेर सम्झौताको निमन्त्रण गर्नथाल, जबकि तिमी नै उच्च र प्रभावी छौ । र अल्लाह तिम्रो साथमा छ, र यो असम्भव छ कि उसले तिम्रो कर्मलाई व्यर्थ गरोस् ।
عربي تفسیرونه:
اِنَّمَا الْحَیٰوةُ الدُّنْیَا لَعِبٌ وَّلَهْوٌ ؕ— وَاِنْ تُؤْمِنُوْا وَتَتَّقُوْا یُؤْتِكُمْ اُجُوْرَكُمْ وَلَا یَسْـَٔلْكُمْ اَمْوَالَكُمْ ۟
३६) वास्तवमा यो सांसारिक जीवन त मात्र खेल तमाशा हो । र यदि तिमी ईमान ल्याउँछौ र संयम अपनाउँछौ भने अल्लाहले तिमीलाई प्रतिफल दिनेछ । र उसले तिमीसँग तिम्रो धन माँग्दैन ।
عربي تفسیرونه:
اِنْ یَّسْـَٔلْكُمُوْهَا فَیُحْفِكُمْ تَبْخَلُوْا وَیُخْرِجْ اَضْغَانَكُمْ ۟
३७) यदि उसले तिमीसँग तिम्रो धन माँग्छ र बलपूर्वक माँग्छ भने तिमी ऊसँग कञ्जूसी गर्नेछौ, र त्यो तिम्रो छलछाम (कपट) प्रकट गरिदिनेछ ।
عربي تفسیرونه:
هٰۤاَنْتُمْ هٰۤؤُلَآءِ تُدْعَوْنَ لِتُنْفِقُوْا فِیْ سَبِیْلِ اللّٰهِ ۚ— فَمِنْكُمْ مَّنْ یَّبْخَلُ ۚ— وَمَنْ یَّبْخَلْ فَاِنَّمَا یَبْخَلُ عَنْ نَّفْسِهٖ ؕ— وَاللّٰهُ الْغَنِیُّ وَاَنْتُمُ الْفُقَرَآءُ ۚ— وَاِنْ تَتَوَلَّوْا یَسْتَبْدِلْ قَوْمًا غَیْرَكُمْ ۙ— ثُمَّ لَا یَكُوْنُوْۤا اَمْثَالَكُمْ ۟۠
३८) सावधान ! तिमी ती मान्छे हौ कि अल्लाहको मार्गमा खर्च गर्नका लागि बोलाइन्छौ त तिमीहरूमध्येबाट केही कञ्जूसी गर्न थाल्छन् र जसले कञ्जूस्याइँ गर्दछ उसले त वास्तवमा आफ्नो ज्यानसँग कञ्जूस्याइँ गर्दछ । अल्लाह त दाता छ तिमी भिखारी, र यदि तिमी मुख फर्काइहाल त त्यो तिम्रो सट्टा अर्को कौमलाई ल्याइदिनेछ । जो फेरि तिमी जस्ता हुँदैनन् ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: محمد
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول