Check out the new design

د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه * - د ژباړو فهرست (لړلیک)


د معناګانو ژباړه سورت: فاطر   آیت:
هُوَ الَّذِیْ جَعَلَكُمْ خَلٰٓىِٕفَ فِی الْاَرْضِ ؕ— فَمَنْ كَفَرَ فَعَلَیْهِ كُفْرُهٗ ؕ— وَلَا یَزِیْدُ الْكٰفِرِیْنَ كُفْرُهُمْ عِنْدَ رَبِّهِمْ اِلَّا مَقْتًا ۚ— وَلَا یَزِیْدُ الْكٰفِرِیْنَ كُفْرُهُمْ اِلَّا خَسَارًا ۟
३९) उही हो जसले तिमीलाई धरतीमा आबाद गर्यो । अब जोसुकैले इन्कार गर्नेछ, उसको इन्कारको नोक्सानी उसैलाई नै हुनेछ । इन्कार गर्नेवालाहरूको इन्कार उनीहरूको पालनकर्ताको प्रकोप नै बढाउँदछ, र इन्कार गर्नेवालाहरूको लागि इन्कार घाटामा नै अझै वृद्धिको कारण बन्दछ ।
عربي تفسیرونه:
قُلْ اَرَءَیْتُمْ شُرَكَآءَكُمُ الَّذِیْنَ تَدْعُوْنَ مِنْ دُوْنِ اللّٰهِ ؕ— اَرُوْنِیْ مَاذَا خَلَقُوْا مِنَ الْاَرْضِ اَمْ لَهُمْ شِرْكٌ فِی السَّمٰوٰتِ ۚ— اَمْ اٰتَیْنٰهُمْ كِتٰبًا فَهُمْ عَلٰی بَیِّنَتٍ مِّنْهُ ۚ— بَلْ اِنْ یَّعِدُ الظّٰلِمُوْنَ بَعْضُهُمْ بَعْضًا اِلَّا غُرُوْرًا ۟
४०) तपाईंले भन्नुस् कि तिमीले आफूले ठहराएका साझेदारहरूको अवस्था बताऊ, जसलाई तिमीले अल्लाहलाई छोडेर पूज्ने गर्दथ्यौ ?’’ मलाई देखाऊ कि उनीहरूले धरतीको कुनचाहिँ भाग सृष्टि गरेका छन् वा आकाशहरूमा उनीहरूको कुनै भागिदारी छ ?’’ वा हामीले उनीहरूलाई कुनै किताब प्रदान गर्यौं कि, उसको स्पष्ट प्रमाण उनीहरूको पक्षमा होस् ? (होइन) बरु ती अत्याचारीहरू आपसमा एक अर्कासित मात्र धोकाको कुराहरूका वाचा गरिराखेका छन् ।
عربي تفسیرونه:
اِنَّ اللّٰهَ یُمْسِكُ السَّمٰوٰتِ وَالْاَرْضَ اَنْ تَزُوْلَا ۚ۬— وَلَىِٕنْ زَالَتَاۤ اِنْ اَمْسَكَهُمَا مِنْ اَحَدٍ مِّنْ بَعْدِهٖ ؕ— اِنَّهٗ كَانَ حَلِیْمًا غَفُوْرًا ۟
४१) यो निश्चित छ कि अल्लाहले नै आकाशहरू र धरतीलाई थामिराखेको छ कि उनीहरू नहटुन्, यदि (आफ्नो ठाउँबाट) उनीहरू हटे भने अल्लाह बाहेक कोही पनि उनीहरूलाई थाम्न सक्दैन । ऊ बडो सहनशील क्षमा गर्नेवाला छ ।
عربي تفسیرونه:
وَاَقْسَمُوْا بِاللّٰهِ جَهْدَ اَیْمَانِهِمْ لَىِٕنْ جَآءَهُمْ نَذِیْرٌ لَّیَكُوْنُنَّ اَهْدٰی مِنْ اِحْدَی الْاُمَمِ ۚ— فَلَمَّا جَآءَهُمْ نَذِیْرٌ مَّا زَادَهُمْ اِلَّا نُفُوْرَا ۟ۙ
४२) र यिनीहरूले (काफिरहरूले) अल्लाहसमक्ष ठूलो–ठूलो शपथ खान्छन् कि यदि उनको पासमा कोही सचेतकर्ता आउँछ भने यिनीहरू हरेक समुदायभन्दा बढी सोझो मार्गमा हुनेछन्, तर जब उनको पासमा सचेतकर्ता आयो तब उससित उनीहरूको घृणा नै बढ्यो ।
عربي تفسیرونه:
١سْتِكْبَارًا فِی الْاَرْضِ وَمَكْرَ السَّیِّئ ؕ— وَلَا یَحِیْقُ الْمَكْرُ السَّیِّئُ اِلَّا بِاَهْلِهٖ ؕ— فَهَلْ یَنْظُرُوْنَ اِلَّا سُنَّتَ الْاَوَّلِیْنَ ۚ— فَلَنْ تَجِدَ لِسُنَّتِ اللّٰهِ تَبْدِیْلًا ۚ۬— وَلَنْ تَجِدَ لِسُنَّتِ اللّٰهِ تَحْوِیْلًا ۟
४३) संसारमा आफूलाई ठूलो ठान्नुको कारण र उनको खराब कार्यबाट ती नराम्रो कर्मको हानि ती काम गर्नेहरूमाथि नै पर्छ । त के यिनीहरू त्यसैको प्रतीक्षा गरिराखेका छन् ? जुन पहिलेका मानिसहरूसँग हुने गरेको थियो । तसर्थ तिमीले अल्लाहको कानूनमा कदापि कुनै परिवर्तन पाउने छैनौ र न तिमी अल्लाहको कानूनलाई कहिल्यै परिवर्तित भइराखेको पाउनेछौ ।
عربي تفسیرونه:
اَوَلَمْ یَسِیْرُوْا فِی الْاَرْضِ فَیَنْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الَّذِیْنَ مِنْ قَبْلِهِمْ وَكَانُوْۤا اَشَدَّ مِنْهُمْ قُوَّةً ؕ— وَمَا كَانَ اللّٰهُ لِیُعْجِزَهٗ مِنْ شَیْءٍ فِی السَّمٰوٰتِ وَلَا فِی الْاَرْضِ ؕ— اِنَّهٗ كَانَ عَلِیْمًا قَدِیْرًا ۟
४४) के उनीहरूले धरतीमा घुमफिर गर्दैनन् । जसबाट देखुन् कि उनीहरूको परिणाम के भयो ? जो यिनीभन्दा पहिला थिए र यिनीहरूभन्दा शक्तिमा धेरै बढी थिए । र अल्लाह यस्तो छैन कि आकाशहरूमा र धरतीमा कुनै कुराले उसलाई हराइदेओस् । ऊ ठूलो सर्वज्ञ, सामथ्र्यवान छ ।
عربي تفسیرونه:
 
د معناګانو ژباړه سورت: فاطر
د سورتونو فهرست (لړلیک) د مخ نمبر
 
د قرآن کریم د معناګانو ژباړه - نیپالي ژباړه - د اهل حدیثو ټولنه - د ژباړو فهرست (لړلیک)

د اهل الحدیث مرکزي ټولنې لخوا په نیپال کې خپور شوی.

بندول