Check out the new design

पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस । * - अनुवादहरूको सूची


अर्थको अनुवाद सूरः: फातिहा   श्लोक:

फातिहा

بِسْمِ اللّٰهِ الرَّحْمٰنِ الرَّحِیْمِ ۟
१) शुर गर्दछु अल्लाहको नामबाट जो अत्यन्त दयालु र अति कृपालु छ ।
अरबी व्याख्याहरू:
اَلْحَمْدُ لِلّٰهِ رَبِّ الْعٰلَمِیْنَ ۟ۙ
२) समस्त प्रशंसा अल्लाहकै लागि छन्, जो सम्पूर्ण ब्रह्माण्डको पालनकर्ता हो ।
अरबी व्याख्याहरू:
الرَّحْمٰنِ الرَّحِیْمِ ۟ۙ
३) अत्यन्त दयालु अति कृपालु छ ।
अरबी व्याख्याहरू:
مٰلِكِ یَوْمِ الدِّیْنِ ۟ؕ
४) प्रतिफल (कयामत) को दिनको स्वामी (मालिक) हो ।
अरबी व्याख्याहरू:
اِیَّاكَ نَعْبُدُ وَاِیَّاكَ نَسْتَعِیْنُ ۟ؕ
५) हामी मात्र तिम्रै उपासना गर्दछौं र तिमीसंग मात्र मद्दत चाहन्छौं ।
अरबी व्याख्याहरू:
اِهْدِنَا الصِّرَاطَ الْمُسْتَقِیْمَ ۟ۙ
६) हामीलाई सोझो (सच्चा) बाटो देखाऊ ।
अरबी व्याख्याहरू:
صِرَاطَ الَّذِیْنَ اَنْعَمْتَ عَلَیْهِمْ ۙ۬— غَیْرِ الْمَغْضُوْبِ عَلَیْهِمْ وَلَا الضَّآلِّیْنَ ۟۠
७) उनीहरूको बाटो जसलाई तिमीले पुरस्कृत गर्यौ न कि तिनीहरूको जसमाथि तिम्रो क्रोध भयो, र न पथभ्रष्टहरूको (बाटो) ।
अरबी व्याख्याहरू:
 
अर्थको अनुवाद सूरः: फातिहा
अध्यायहरूको (सूरःहरूको) सूची رقم الصفحة
 
पवित्र कुरअानको अर्थको अनुवाद - नेपाली अनुवाद : जम्-ईयत अहले हदीस । - अनुवादहरूको सूची

केन्द्रीय जमियत अहले हदीस, नेपाल द्वारा प्रकाशित ।

बन्द गर्नुस्