Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: അൻആം   ആയത്ത്:
وَمَا عَلَی الَّذِیْنَ یَتَّقُوْنَ مِنْ حِسَابِهِمْ مِّنْ شَیْءٍ وَّلٰكِنْ ذِكْرٰی لَعَلَّهُمْ یَتَّقُوْنَ ۟
६९) र आत्मसंयमीहरूमाथि तिनीहरूको सोधपूछको कुनै जिम्मेवारी छैन, तर हो, सम्झाउने काम उनीहरूको हो, सम्भवतः तिनीहरू पनि परहेजगार बन्न सकुन् ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَذَرِ الَّذِیْنَ اتَّخَذُوْا دِیْنَهُمْ لَعِبًا وَّلَهْوًا وَّغَرَّتْهُمُ الْحَیٰوةُ الدُّنْیَا وَذَكِّرْ بِهٖۤ اَنْ تُبْسَلَ نَفْسٌ بِمَا كَسَبَتْ ۖۗ— لَیْسَ لَهَا مِنْ دُوْنِ اللّٰهِ وَلِیٌّ وَّلَا شَفِیْعٌ ۚ— وَاِنْ تَعْدِلْ كُلَّ عَدْلٍ لَّا یُؤْخَذْ مِنْهَا ؕ— اُولٰٓىِٕكَ الَّذِیْنَ اُبْسِلُوْا بِمَا كَسَبُوْا ۚ— لَهُمْ شَرَابٌ مِّنْ حَمِیْمٍ وَّعَذَابٌ اَلِیْمٌ بِمَا كَانُوْا یَكْفُرُوْنَ ۟۠
७०) र जुन मानिसहरू आफ्नो धर्मलाई खेल र तमाशा बनाएका छन्, र संसारिक जीवनले तिनीहरूलाई भ्रमजालमा पारिसकेको छ त्यस्ता मानिसहरूबाट अलग्गै रहनु । तर हो यस कुरआनको माध्यमबाट उपदेश दिंदै गर्नु, ताकि कोही आफ्नो आचरणको कारण सजायमा नफसोस्, कि अल्लाह बाहेक न त तिनीहरूको कोही सहयोगी हुनेछ न त सिफारिश गर्ने मानिस । यस्तो भइहालोस् कि यदि त्यसले प्रत्येक कुरो जुनकि धरतीमा छ क्षतिपूर्तिको रूपमा दिन खोजे पनि त्यो स्वीकार्य हुनेछैन । यिनै मानिसहरू हुन् जसले कि आफ्ना कार्यको फलस्वरूप विनाशमा फँस्न पुग्दछन् । उनीहरूको कुफ्रको कारण तिनीहरूको निम्ति पिउनको लागि उम्लिराखेको पानी र कष्टदायक सजाय हुनेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
قُلْ اَنَدْعُوْا مِنْ دُوْنِ اللّٰهِ مَا لَا یَنْفَعُنَا وَلَا یَضُرُّنَا وَنُرَدُّ عَلٰۤی اَعْقَابِنَا بَعْدَ اِذْ هَدٰىنَا اللّٰهُ كَالَّذِی اسْتَهْوَتْهُ الشَّیٰطِیْنُ فِی الْاَرْضِ حَیْرَانَ ۪— لَهٗۤ اَصْحٰبٌ یَّدْعُوْنَهٗۤ اِلَی الْهُدَی ائْتِنَا ؕ— قُلْ اِنَّ هُدَی اللّٰهِ هُوَ الْهُدٰی ؕ— وَاُمِرْنَا لِنُسْلِمَ لِرَبِّ الْعٰلَمِیْنَ ۟ۙ
७१) तपाई भनिदिनुस् कि के हामीले अल्लाह बाहेक, यस्तो कुरालाई गुहारौं जसले न हामीलाई फाइदा गर्न सक्दछ न त नोक्सान । र जब अल्लाहले हामीलाई सहीबाटो देखाइसकेको छ, त के हामी त्यसबाट विमुख भइहालौं ? त्यो मानिस जस्तै जसलाई कि शैतानहरू जंगलमा सही मार्गबाट विचलित गरीदिएका छन् उसले यताउता घुम्दै गर्छ, उसकाकेही साथीहरू पनि छन् र उनीहरू ठीक बाटोतिर बोलाउँछन् कि हाम्रो पासमा आइहाल । भनिदिनुस् कि सहीबाटो त त्यही नै हो जुन हामीलाई अल्लाहले देखाएको छ र हामीलाई त यही आदेश प्राप्त भएको छ कि हामी आफ्नो पालनकर्ताको पूर्णरूपले आज्ञाकारी बनौं ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَاَنْ اَقِیْمُوا الصَّلٰوةَ وَاتَّقُوْهُ ؕ— وَهُوَ الَّذِیْۤ اِلَیْهِ تُحْشَرُوْنَ ۟
७२) र यो (पनि) कि नमाज् पढ्दै गर र ऊसँग डरमान्दै गर र उही नै हो जसको सामुन्ने तिमीहरूलाई भेला गराइनेछ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
وَهُوَ الَّذِیْ خَلَقَ السَّمٰوٰتِ وَالْاَرْضَ بِالْحَقِّ ؕ— وَیَوْمَ یَقُوْلُ كُنْ فَیَكُوْنُ ؕ۬— قَوْلُهُ الْحَقُّ ؕ— وَلَهُ الْمُلْكُ یَوْمَ یُنْفَخُ فِی الصُّوْرِ ؕ— عٰلِمُ الْغَیْبِ وَالشَّهَادَةِ ؕ— وَهُوَ الْحَكِیْمُ الْخَبِیْرُ ۟
७३) र उही त हो जसले आकाशहरू र पृथ्वीलाई सत्यका साथ बनाएको छ, र जुन दिन उसले यतिमात्र भन्ने छ कि भइहाल त त्यो भइहाल्छ । उसको कुरा साँचो र प्रभावकारी छ र जुन दिन सूर (सिंगा) फुकिन्छ त्यस दिन उसैको राज्य हुनेछ । दृश्य र अदृश्य कुराको ऊ ज्ञाता हो र उही नै बुद्धि सम्पन्न र सर्वज्ञ छ ।
അറബി ഖുർആൻ വിവരണങ്ങൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: അൻആം
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അടക്കുക