Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: സ്സുമർ   ആയത്ത്:
اَفَمَنْ شَرَحَ اللّٰهُ صَدْرَهٗ لِلْاِسْلَامِ فَهُوَ عَلٰی نُوْرٍ مِّنْ رَّبِّهٖ ؕ— فَوَیْلٌ لِّلْقٰسِیَةِ قُلُوْبُهُمْ مِّنْ ذِكْرِ اللّٰهِ ؕ— اُولٰٓىِٕكَ فِیْ ضَلٰلٍ مُّبِیْنٍ ۟
२२) के जुन मानिसको हृदय अल्लाहले इस्लामको लागि खोलिदिएको छ, र त्यसले आफ्नो पालनकर्ताबाट प्रकाश प्राप्त गरेको छ, अतः उनीहरूमाथि अफसोच छ, जसका हृदय अल्लाहको यादबाट खाली भई कठोर भइसकेका छन् यी मानिसहरू नै खुल्लमखुल्ला मार्गविचलनमा (ग्रस्त) छन् ।
അറബി തഫ്സീറുകൾ:
اَللّٰهُ نَزَّلَ اَحْسَنَ الْحَدِیْثِ كِتٰبًا مُّتَشَابِهًا مَّثَانِیَ تَقْشَعِرُّ مِنْهُ جُلُوْدُ الَّذِیْنَ یَخْشَوْنَ رَبَّهُمْ ۚ— ثُمَّ تَلِیْنُ جُلُوْدُهُمْ وَقُلُوْبُهُمْ اِلٰی ذِكْرِ اللّٰهِ ؕ— ذٰلِكَ هُدَی اللّٰهِ یَهْدِیْ بِهٖ مَنْ یَّشَآءُ ؕ— وَمَنْ یُّضْلِلِ اللّٰهُ فَمَا لَهٗ مِنْ هَادٍ ۟
२३) अल्लाहले सर्वोत्तम वाणी अवतरित गरेको छ जुन यस्तो किताब हो जसका आयतहरू आपसमा मिल्दछन्, र दोहोर्याइन्छन्, जुन मानिसहरू आफ्नो पालनकर्तासित डर मान्छन्, त्यसबाट उनीहरूको शरीरका रौंहरू डरले ठाडो हुन्छन्, अन्तमा उनको शरीर र हृदय अल्लाहको वर्णनको लागि नरम र त्यसतर्फ प्रवृत्त हुन्छन् । यो अल्लाहको मार्गदर्शन हो, त्यसबाट उसले जसलाई चाहन्छ सोझो मार्गमा हिंडाउँछ, र जसलाई अल्लाहले पथविचलित गरिदिन्छ, उसको निम्ति कोही मार्गदर्शक हुँदैन ।
അറബി തഫ്സീറുകൾ:
اَفَمَنْ یَّتَّقِیْ بِوَجْهِهٖ سُوْٓءَ الْعَذَابِ یَوْمَ الْقِیٰمَةِ ؕ— وَقِیْلَ لِلظّٰلِمِیْنَ ذُوْقُوْا مَا كُنْتُمْ تَكْسِبُوْنَ ۟
२४) अब जसले कियामतको दिन यातनाबाट बच्न आफ्नो अनुहारलाई ढाल बनाउँदछ, त्यस्तो अत्याचारीहरूसित भनिनेछः कि ‘‘आफ्नो कर्मको स्वाद चाख ।’’
അറബി തഫ്സീറുകൾ:
كَذَّبَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ فَاَتٰىهُمُ الْعَذَابُ مِنْ حَیْثُ لَا یَشْعُرُوْنَ ۟
२५) उनीभन्दा पहिलाका मानिसहरूले पनि झूठा भने । अन्ततः उनीहरूमाथि त्यस ठाउँबाट यातना आइपुग्यो, जसको बारेमा तिनीहरूलाई कल्पना पनि थिएन ।
അറബി തഫ്സീറുകൾ:
فَاَذَاقَهُمُ اللّٰهُ الْخِزْیَ فِی الْحَیٰوةِ الدُّنْیَا ۚ— وَلَعَذَابُ الْاٰخِرَةِ اَكْبَرُ ۘ— لَوْ كَانُوْا یَعْلَمُوْنَ ۟
२६) अनि अल्लाहले उनीहरूलाई सांसारिक जीवनमा पनि अपमानको स्वाद चखायो र अहिले आखिरतको यातना त यसभन्दा पनि ठूलो छ । काश ! उनीहरूले बुझुन् ।
അറബി തഫ്സീറുകൾ:
وَلَقَدْ ضَرَبْنَا لِلنَّاسِ فِیْ هٰذَا الْقُرْاٰنِ مِنْ كُلِّ مَثَلٍ لَّعَلَّهُمْ یَتَذَكَّرُوْنَ ۟ۚ
२७) र निश्चितरूपले हामीले यस कुरआनमा मानिसहरूको निम्ति हरेक प्रकारका उदाहरणहरू प्रस्तुत गरिदिएका छौं, ताकि उनीहरूले उपदेश ग्रहण गरुन् ।
അറബി തഫ്സീറുകൾ:
قُرْاٰنًا عَرَبِیًّا غَیْرَ ذِیْ عِوَجٍ لَّعَلَّهُمْ یَتَّقُوْنَ ۟
२८) यो कुरआन अरबीमा छ, जसमा कुनै त्रुटि (र विवाद) छैन, हुनसक्दछ उनीहरू संयमी बन्न सकुन् ।
അറബി തഫ്സീറുകൾ:
ضَرَبَ اللّٰهُ مَثَلًا رَّجُلًا فِیْهِ شُرَكَآءُ مُتَشٰكِسُوْنَ وَرَجُلًا سَلَمًا لِّرَجُلٍ ؕ— هَلْ یَسْتَوِیٰنِ مَثَلًا ؕ— اَلْحَمْدُ لِلّٰهِ ۚ— بَلْ اَكْثَرُهُمْ لَا یَعْلَمُوْنَ ۟
२९) अल्लाहले (एउटा) उदाहरण प्रस्तुत गर्दछ कि एउटा व्यक्ति छ, जसको अनेक जिद्दी साझेदारहरू छन् । र एउटा अर्को व्यक्ति, त्यो हो जुन सम्पूर्ण रूपले एउटै व्यक्तिको दास हो । के विशेषताको दृष्टिकोणले दुवैको अवस्था एकसमान हुनेछ ? सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो, किन्तु कुरा यो छ कि उनीहरूमध्ये अधिकांशले बुझ्दैनन् ।
അറബി തഫ്സീറുകൾ:
اِنَّكَ مَیِّتٌ وَّاِنَّهُمْ مَّیِّتُوْنَ ۟ؗ
३०) (हे पैगम्बर !) निश्चित छ तपाईलाई पनि मृत्यु आउनेछ र यिनीहरू पनि मर्नेछन् ।
അറബി തഫ്സീറുകൾ:
ثُمَّ اِنَّكُمْ یَوْمَ الْقِیٰمَةِ عِنْدَ رَبِّكُمْ تَخْتَصِمُوْنَ ۟۠
३१) अनि तिमी सबै कियामतको दिन आफ्नो पालनकर्ताको सामु झगडा गर्नेछौ ।
അറബി തഫ്സീറുകൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: സ്സുമർ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അവസാനിപ്പിക്കുക