Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: ആലുഇംറാൻ   ആയത്ത്:
یَوْمَ تَجِدُ كُلُّ نَفْسٍ مَّا عَمِلَتْ مِنْ خَیْرٍ مُّحْضَرًا ۖۚۛ— وَّمَا عَمِلَتْ مِنْ سُوْٓءٍ ۛۚ— تَوَدُّ لَوْ اَنَّ بَیْنَهَا وَبَیْنَهٗۤ اَمَدًاۢ بَعِیْدًا ؕ— وَیُحَذِّرُكُمُ اللّٰهُ نَفْسَهٗ ؕ— وَاللّٰهُ رَءُوْفٌۢ بِالْعِبَادِ ۟۠
३०) जुनदिन प्रत्येक व्यक्ति आफ्नो सत्कर्मको र आफ्नो दुष्कर्मको फल आफ्नो अगाडि पाउनेछ । तब उसले कामना गर्नेछ, कि उसको र उसका पाप कर्महरूको दूरी धेरै भइदिए हुन्थ्यो । अल्लाह तिमीलाई आफ्नो डर देखाइरहेको छ र अल्लाह आफ्ना भक्तहरूप्रति अत्यन्त दयालु छ ।
അറബി തഫ്സീറുകൾ:
قُلْ اِنْ كُنْتُمْ تُحِبُّوْنَ اللّٰهَ فَاتَّبِعُوْنِیْ یُحْبِبْكُمُ اللّٰهُ وَیَغْفِرْ لَكُمْ ذُنُوْبَكُمْ ؕ— وَاللّٰهُ غَفُوْرٌ رَّحِیْمٌ ۟
३१) (हे पैगम्बर ! मानिसहरूसित) भनिदिनुस् कि यदि तिमी अल्लाहलाई प्रेम गर्दछौ भने मेरो अनुशरण गर, अल्लाहले तिमीलाई प्रेम गर्नेछ र तिम्रा पापहरूलाई क्षमा गरिदिनेछ र अल्लाह अत्यन्त क्षमादान गर्ने दयालु छ ।
അറബി തഫ്സീറുകൾ:
قُلْ اَطِیْعُوا اللّٰهَ وَالرَّسُوْلَ ۚ— فَاِنْ تَوَلَّوْا فَاِنَّ اللّٰهَ لَا یُحِبُّ الْكٰفِرِیْنَ ۟
३२) भनिदिनु ! कि अल्लाह र रसूलको आदेश पालन गर । यदि मान्दैनन् भने अल्लाहले पनि काफिरहरूलाई प्रेम गर्दैन ।
അറബി തഫ്സീറുകൾ:
اِنَّ اللّٰهَ اصْطَفٰۤی اٰدَمَ وَنُوْحًا وَّاٰلَ اِبْرٰهِیْمَ وَاٰلَ عِمْرٰنَ عَلَی الْعٰلَمِیْنَ ۟ۙ
३३) निःसंदेह अल्लाहले आदम (अलै.), नूह (अलै.), इब्राहीम(अलै.)को वंश र इम्रानको वंशलाई सम्पूर्ण संसारका मानिसहरूमध्येबाट रोजी सक्यो ।
അറബി തഫ്സീറുകൾ:
ذُرِّیَّةً بَعْضُهَا مِنْ بَعْضٍ ؕ— وَاللّٰهُ سَمِیْعٌ عَلِیْمٌ ۟ۚ
३४) तिनी आपसमा एक अर्काको वंशबाट छन् । र अल्लाह सुन्दछ र जान्दछ ।
അറബി തഫ്സീറുകൾ:
اِذْ قَالَتِ امْرَاَتُ عِمْرٰنَ رَبِّ اِنِّیْ نَذَرْتُ لَكَ مَا فِیْ بَطْنِیْ مُحَرَّرًا فَتَقَبَّلْ مِنِّیْ ۚ— اِنَّكَ اَنْتَ السَّمِیْعُ الْعَلِیْمُ ۟
३५) (स्मरणीय छ) जब इम्रानको स्वास्नीले भनिन् कि हे पालनकर्ता ! मैले भाकल मानें कि जुन (शिशु) मेरो गर्भमा छ, त्यसलाई म तिम्रो नाममा आजाद (स्वतन्त्र) गर्दछु । त्यसलाई तिमी मेरो तर्फबाट स्वीकार गर । निश्चय नै तिमी सबै सुन्ने (र) सबै जान्नेवाला हौ ।
അറബി തഫ്സീറുകൾ:
فَلَمَّا وَضَعَتْهَا قَالَتْ رَبِّ اِنِّیْ وَضَعْتُهَاۤ اُنۡثٰىؕ— وَاللّٰهُ اَعْلَمُ بِمَا وَضَعَتْ ؕ— وَلَیْسَ الذَّكَرُ كَالۡاُنۡثٰى​​ۚ وَاِنِّیْ سَمَّیْتُهَا مَرْیَمَ وَاِنِّیْۤ اُعِیْذُهَا بِكَ وَذُرِّیَّتَهَا مِنَ الشَّیْطٰنِ الرَّجِیْمِ ۟
३६) जब तिनले छोरी जन्माइन, त तिनले भन्न थालिन कि हे पालनकर्ता ! मैले त छोरी पाएकी छु । र जे जन्मएको थियो, त्यो अल्लाहलाई थाहा नै छ । र छोरी छोरा जस्तो हुन सक्दैनथ्योे । मैले उसको नाम मरियम राखेको छु र मैले उसलाई र उसको सन्तानलाई तिरस्कृत शैतानबाट मुक्त राख्न् तिम्रो शरणमा दिन्छु ।
അറബി തഫ്സീറുകൾ:
فَتَقَبَّلَهَا رَبُّهَا بِقَبُوْلٍ حَسَنٍ وَّاَنْۢبَتَهَا نَبَاتًا حَسَنًا ۙ— وَّكَفَّلَهَا زَكَرِیَّا ؕ— كُلَّمَا دَخَلَ عَلَیْهَا زَكَرِیَّا الْمِحْرَابَ ۙ— وَجَدَ عِنْدَهَا رِزْقًا ۚ— قَالَ یٰمَرْیَمُ اَنّٰی لَكِ هٰذَا ؕ— قَالَتْ هُوَ مِنْ عِنْدِ اللّٰهِ ؕ— اِنَّ اللّٰهَ یَرْزُقُ مَنْ یَّشَآءُ بِغَیْرِ حِسَابٍ ۟
३७) त पालनहारले त्यसलाई सहर्ष स्वीकार गर्याे र त्यसलाई राम्री हेर चाह प्रदान गर्यो र जकरीयालाई उसको हेरचाह गर्नेवाला बनायो । जकरीया (अलै.) जतिखेर पनि उसको कोठाभित्र जान्थे, पासमा खाना पाउँदथे । उनले मरियमसँग सोध्नेगर्दथे कि मरियम ! यो खाना तिम्रो पासमा कहाँबाट आउँछ ? उनी भन्थिन कि अल्लाहकहाँबाट आउँछ । निःसन्देह जसलाई अल्लाह चाहन्छ प्रशस्त रोजी (जीविका) प्रदान गर्दछ ।
അറബി തഫ്സീറുകൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: ആലുഇംറാൻ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അവസാനിപ്പിക്കുക