Check out the new design

വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് * - വിവർത്തനങ്ങളുടെ സൂചിക


പരിഭാഷ അദ്ധ്യായം: ബഖറഃ   ആയത്ത്:
اَللّٰهُ وَلِیُّ الَّذِیْنَ اٰمَنُوْا یُخْرِجُهُمْ مِّنَ الظُّلُمٰتِ اِلَی النُّوْرِ ؕ۬— وَالَّذِیْنَ كَفَرُوْۤا اَوْلِیٰٓـُٔهُمُ الطَّاغُوْتُ یُخْرِجُوْنَهُمْ مِّنَ النُّوْرِ اِلَی الظُّلُمٰتِ ؕ— اُولٰٓىِٕكَ اَصْحٰبُ النَّارِ ۚ— هُمْ فِیْهَا خٰلِدُوْنَ ۟۠
२५७) जुन मानिसहरू आस्थावान छन् अल्लाह तिनको मित्र हो, तिनलाई अँध्यारोबाट निकाली उज्यालोतिर लग्दछ र जो काफिर छन्, तिनका साथी शैतानहरू हुन्, जसले कि तिनलाई उज्यालोबाट निकाली अँध्यारोतिर लग्छन् यिनै मानिसहरू नारकीय हुन् जुन त्यसमा सधैं रहने छन् ।
അറബി തഫ്സീറുകൾ:
اَلَمْ تَرَ اِلَی الَّذِیْ حَآجَّ اِبْرٰهٖمَ فِیْ رَبِّهٖۤ اَنْ اٰتٰىهُ اللّٰهُ الْمُلْكَ ۘ— اِذْ قَالَ اِبْرٰهٖمُ رَبِّیَ الَّذِیْ یُحْیٖ وَیُمِیْتُ ۙ— قَالَ اَنَا اُحْیٖ وَاُمِیْتُ ؕ— قَالَ اِبْرٰهٖمُ فَاِنَّ اللّٰهَ یَاْتِیْ بِالشَّمْسِ مِنَ الْمَشْرِقِ فَاْتِ بِهَا مِنَ الْمَغْرِبِ فَبُهِتَ الَّذِیْ كَفَرَ ؕ— وَاللّٰهُ لَا یَهْدِی الْقَوْمَ الظّٰلِمِیْنَ ۟ۚ
२५८) के तिमीले त्यस मान्छेलाई देखेनौं, जसले राज्यसत्ता पाएर, इब्राहीम (अलैहिस्सलाम) सित उनको पालनकर्ताको बारेमा विवाद गर्न थाल्यो ? जब इब्राहीमले भने, मेरो पालनहार त त्यो हो जसले जीवित राख्द्छ र मार्दछ । उसले भन्यो कि जीवित राख्ने र मार्ने काम त म पनि गर्दछु । इब्राहीमले भने कि अल्लाहले त सूर्यलाई पूर्वबाट उदाउन लगाउँछ, तिमीले उसलाई पश्चिमबाट उदाउन लगाइदेऊ । (यो सुनेर) त्यो काफिर आश्चर्यचकित भयो र अल्लाह अत्याचारीहरूलाई मार्गदर्शन गर्दैन ।
അറബി തഫ്സീറുകൾ:
اَوْ كَالَّذِیْ مَرَّ عَلٰی قَرْیَةٍ وَّهِیَ خَاوِیَةٌ عَلٰی عُرُوْشِهَا ۚ— قَالَ اَنّٰی یُحْیٖ هٰذِهِ اللّٰهُ بَعْدَ مَوْتِهَا ۚ— فَاَمَاتَهُ اللّٰهُ مِائَةَ عَامٍ ثُمَّ بَعَثَهٗ ؕ— قَالَ كَمْ لَبِثْتَ ؕ— قَالَ لَبِثْتُ یَوْمًا اَوْ بَعْضَ یَوْمٍ ؕ— قَالَ بَلْ لَّبِثْتَ مِائَةَ عَامٍ فَانْظُرْ اِلٰی طَعَامِكَ وَشَرَابِكَ لَمْ یَتَسَنَّهْ ۚ— وَانْظُرْ اِلٰی حِمَارِكَ۫— وَلِنَجْعَلَكَ اٰیَةً لِّلنَّاسِ وَانْظُرْ اِلَی الْعِظَامِ كَیْفَ نُنْشِزُهَا ثُمَّ نَكْسُوْهَا لَحْمًا ؕ— فَلَمَّا تَبَیَّنَ لَهٗ ۙ— قَالَ اَعْلَمُ اَنَّ اللّٰهَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
२५९) वा यस्तै किसिमले (त्यस मान्छेलाई देखेनौं) जुन त्यस गाउँबाट हिंड्यो जुन कि छतसमेत ध्वस्त भएको थियो, अनि त्यसले भन्यो कि अल्लाह यसलाई मारिसकेपछि कसरी जीवित गर्नेछ ?। अनि अल्लाहले त्यसलार्इ सय वर्षसम्मका लागि मृतक राख्यो, फेरि त्यसलाई पूनर्जिवित गर्यो र सोध्यो तिमी कति अवधिसम्म मृतक थियौ ? त्यसले जवाफ दियो कि एकदिन अथवा त्योभन्दा पनि कम । अल्लाहले भन्योः होइन, बरु सयवर्ष तिमी मृत थियौ र आफ्नो खानपिनको कुराहरू हेर कि यति लामो समयसम्म पनि अलिकति बिग्रेको छैन् र आफ्नो गदहालाई हेर (जुनकि मृत अवस्थामा छ) । हामीले तिमीलाई मानिसहरूको निम्ति निशानी बनाउँछौं र (गदहाको) हाँडहरू हेर कि हामीले तिनलाई कसरी जोडी तिनीमाथि मासुको आवरण हालिदिन्छौं । जब यी सबै त्यसले देख्यो त भनिहाल्यो कि म विश्वास गर्दछु कि अल्लाह हरेक कुरामाथि शक्ति सम्पन्न छ ।
അറബി തഫ്സീറുകൾ:
 
പരിഭാഷ അദ്ധ്യായം: ബഖറഃ
സൂറത്തുകളുടെ സൂചിക പേജ് നമ്പർ
 
വിശുദ്ധ ഖുർആൻ പരിഭാഷ - നേപ്പാൾ വിവർത്തനം - ജംഇയ്യതെ അഹ്ലേ ഹദീഥ് - വിവർത്തനങ്ങളുടെ സൂചിക

ജംഇയ്യത്തു അഹ്‌ലിൽ ഹദീസ് അൽ മർകസിയ്യ നേപ്പാൾ പ്രസിദ്ധീകരിച്ച

അവസാനിപ്പിക്കുക