Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់អាក់រ៉ហ្វ   វាក្យខណ្ឌ:
وَاِذْ نَتَقْنَا الْجَبَلَ فَوْقَهُمْ كَاَنَّهٗ ظُلَّةٌ وَّظَنُّوْۤا اَنَّهٗ وَاقِعٌ بِهِمْ ۚ— خُذُوْا مَاۤ اٰتَیْنٰكُمْ بِقُوَّةٍ وَّاذْكُرُوْا مَا فِیْهِ لَعَلَّكُمْ تَتَّقُوْنَ ۟۠
१७१) र स्मरण गर जब हामीले उनीहरूमाथि पहाड ठड्यायौं मानो त्यो तिनीहरूमाथि छायाँ (शामियाना) थियो र उनीहरूले ठाने कि त्यो उनीहरूमाथि अब खस्न गइराखेको छ । र भन्यौं कि जुन किताब हामीले तिमीलाई दिएका छौं, त्यसलाई दृढतापूर्वक स्वीकार गर र यसमा जुन निर्देशनहरू छन् त्यसलाई यादराख, तिनीहरूबाट यो अपेक्षा छ कि तिमी असल (मुत्तकी) बन्न सक्दछौ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَاِذْ اَخَذَ رَبُّكَ مِنْ بَنِیْۤ اٰدَمَ مِنْ ظُهُوْرِهِمْ ذُرِّیَّتَهُمْ وَاَشْهَدَهُمْ عَلٰۤی اَنْفُسِهِمْ ۚ— اَلَسْتُ بِرَبِّكُمْ ؕ— قَالُوْا بَلٰی ۛۚ— شَهِدْنَا ۛۚ— اَنْ تَقُوْلُوْا یَوْمَ الْقِیٰمَةِ اِنَّا كُنَّا عَنْ هٰذَا غٰفِلِیْنَ ۟ۙ
१७२) र जब तपाईको पालनकर्ताले आदमको सन्तानको ढाडबाट उनको सन्तति सृष्टि गर्यो, र उनीहरूलाई स्वयं उनकै लागि स्वीकारोक्ति लियो कि ‘‘के म तिम्रो पालनकर्ता होइन ?’’ उनीहरूले भनेः ‘‘हो, हामी सबै साक्षी छौं ।’’ यस्तो यसकारणले गर्यौं ताकि तिनीहरूले कियामतको दिन यो नभनुन, कि ‘‘हामीलाई यसको ज्ञान नै थिएन ।’’
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
اَوْ تَقُوْلُوْۤا اِنَّمَاۤ اَشْرَكَ اٰبَآؤُنَا مِنْ قَبْلُ وَكُنَّا ذُرِّیَّةً مِّنْ بَعْدِهِمْ ۚ— اَفَتُهْلِكُنَا بِمَا فَعَلَ الْمُبْطِلُوْنَ ۟
१७३) वा यो भन कि ‘‘अघि शिर्क हाम्रा पूर्वजले गरे । हामी त उनीपछि उनका सन्तति भयौं ।’’ त के तिमीले हामीलाई मिथ्याचारीहरूले गरेको क्रियाकलापको लागि विनष्ट गर्नेछौ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَكَذٰلِكَ نُفَصِّلُ الْاٰیٰتِ وَلَعَلَّهُمْ یَرْجِعُوْنَ ۟
१७४) हामी यसैप्रकार आयातलाई स्पष्ट बर्णन गर्छौं, ताकि यिनीहरू हामीतिर फर्कुन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَاتْلُ عَلَیْهِمْ نَبَاَ الَّذِیْۤ اٰتَیْنٰهُ اٰیٰتِنَا فَانْسَلَخَ مِنْهَا فَاَتْبَعَهُ الشَّیْطٰنُ فَكَانَ مِنَ الْغٰوِیْنَ ۟
१७५) र तिनीहरूलाई त्यस मानिसको खबर सुनाइदिनुस् कि जसलाई हामीले आफ्नो आयत प्रदान गर्यौं तर ऊ त्यसबाट पूर्णतः निष्कासित भइहाल्यो, अनि शैतान उसको पछि लाग्यो । अन्ततः ऊ पथभ्रष्टहरूमा शामेल भइहाल्यो ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَلَوْ شِئْنَا لَرَفَعْنٰهُ بِهَا وَلٰكِنَّهٗۤ اَخْلَدَ اِلَی الْاَرْضِ وَاتَّبَعَ هَوٰىهُ ۚ— فَمَثَلُهٗ كَمَثَلِ الْكَلْبِ ۚ— اِنْ تَحْمِلْ عَلَیْهِ یَلْهَثْ اَوْ تَتْرُكْهُ یَلْهَثْ ؕ— ذٰلِكَ مَثَلُ الْقَوْمِ الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا ۚ— فَاقْصُصِ الْقَصَصَ لَعَلَّهُمْ یَتَفَكَّرُوْنَ ۟
१७६) र यदि हामीले चाहेको भए यी आयातबाट उसलाई उच्च दर्जा प्रदान गथ्र्यौं, तर त्यो त पृथ्वीतिर प्रवृत्त भयो, र आफ्नो निकृष्ट इच्छापूर्ति पछि लाग्यो, तसर्थ उसको उदाहरण कुकुर जस्तो हुन गयो कि यदि तिमीले उसलार्इ हप्काए पनि त्यसले जिब्रो निकाली हाँप्ने गर्छ वा त्यसलार्इ छाडिदिनुस् तैपनि त्यस्तै गरिरहन्छ । यही उदाहरण ती मानिसहरूको छ, जसले हाम्रा आयतहरूलाई झूठा भने । तसर्थ तपाईले यो वृत्तान्त बर्णन गरिदिनुस् शायद उनीहरूले सोचविचार गर्न सकुन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
سَآءَ مَثَلَا ١لْقَوْمُ الَّذِیْنَ كَذَّبُوْا بِاٰیٰتِنَا وَاَنْفُسَهُمْ كَانُوْا یَظْلِمُوْنَ ۟
१७७) उनीहरूको उदाहरण पनि नराम्रो छ, जसले हाम्रा आयतहरूलाई (श्लोकहरूर्लाइ) झूठो ठान्दछन् र तिनीहरू आफ्नो नोक्सानी नै गर्दछन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
مَنْ یَّهْدِ اللّٰهُ فَهُوَ الْمُهْتَدِیْ ۚ— وَمَنْ یُّضْلِلْ فَاُولٰٓىِٕكَ هُمُ الْخٰسِرُوْنَ ۟
१७८) जसलाई अल्लाहले (असल) मार्ग देखाउँछ, त्यही सोझो मार्ग पाउनेवाला हुन्छ, र जसलाई उसले मार्गबाट बिचलित गर्दछ, तिनै घाटामा पर्नेवाला हुन्छन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់អាក់រ៉ហ្វ
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ