Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាស់ហ្សារីយ៉ាត   វាក្យខណ្ឌ:
قَالَ فَمَا خَطْبُكُمْ اَیُّهَا الْمُرْسَلُوْنَ ۟
३१) (इब्राहीमले) भनेः कि ‘‘हे अल्लाहका दूत तिम्रो अभिप्राय के हो ?’’
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
قَالُوْۤا اِنَّاۤ اُرْسِلْنَاۤ اِلٰی قَوْمٍ مُّجْرِمِیْنَ ۟ۙ
३२) उनीहरूले भनेः कि ‘‘हामीहरू अपराधी समूहतर्फ पठाइएका हौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
لِنُرْسِلَ عَلَیْهِمْ حِجَارَةً مِّنْ طِیْنٍ ۟ۙ
३३) ताकि उनीहरूमाथि कंकडी बर्साऔं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
مُّسَوَّمَةً عِنْدَ رَبِّكَ لِلْمُسْرِفِیْنَ ۟
३४) जो तपाईको पालनकर्ताको तर्फबाट निशान लगाइएका छन् ती सीमाको अतिक्रमणकारीको लागि ।’’
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَاَخْرَجْنَا مَنْ كَانَ فِیْهَا مِنَ الْمُؤْمِنِیْنَ ۟ۚ
३५) अनि त्यहाँ जति ईमानवालाहरू थिए उनीहरूलाई, हामीले निकालिहाल्यौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَمَا وَجَدْنَا فِیْهَا غَیْرَ بَیْتٍ مِّنَ الْمُسْلِمِیْنَ ۟ۚ
३६) र हामीले त्यहाँ मुसलमानको एउटा घर मात्र भेट्टायौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَتَرَكْنَا فِیْهَاۤ اٰیَةً لِّلَّذِیْنَ یَخَافُوْنَ الْعَذَابَ الْاَلِیْمَ ۟ؕ
३७) र जुन मानिसहरू दुःखद् यातनासित डराउँदछन्, उनीहरूको निम्ति त्यहाँ निशानी छोडिदियौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَفِیْ مُوْسٰۤی اِذْ اَرْسَلْنٰهُ اِلٰی فِرْعَوْنَ بِسُلْطٰنٍ مُّبِیْنٍ ۟
३८) र ‘‘मूसा(अलैहिस्सलाम)’’ (को वृतान्त) मा पनि (निशानी छ) जब कि हामीले उनलाई फिरऔनतिर स्पष्ट प्रमाणकासाथ पठायौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَتَوَلّٰی بِرُكْنِهٖ وَقَالَ سٰحِرٌ اَوْ مَجْنُوْنٌ ۟
३९) तब त्यसले आफ्नो शक्ति (घमण्ड) ले विमुख भइहाल्यो र भन्न थाल्यो, यो त जादूगर हो वा दिवाना,
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَاَخَذْنٰهُ وَجُنُوْدَهٗ فَنَبَذْنٰهُمْ فِی الْیَمِّ وَهُوَ مُلِیْمٌ ۟ؕ
४०) तब हामीले उसलाई र उसका लावालस्करलाई समातिहाल्यौं र उनीहरूलाई समुन्द्रमा फ्याँकिदियौं र त्यसको काम नै निन्दनीय थियो ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَفِیْ عَادٍ اِذْ اَرْسَلْنَا عَلَیْهِمُ الرِّیْحَ الْعَقِیْمَ ۟ۚ
४१) यस्तै ‘‘आद’’ (को वृतान्त) मा पनि (निशानी छ), जब हामीले उनीहरूमाथि अशुभ वायु चलायौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
مَا تَذَرُ مِنْ شَیْءٍ اَتَتْ عَلَیْهِ اِلَّا جَعَلَتْهُ كَالرَّمِیْمِ ۟ؕ
४२) त्यो जुन जुन कुरामाथि चल्यो, त्यसलाई जिर्णशिर्ण हाड जस्तो चूरा–चूरा गरेर छाडिदियो ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَفِیْ ثَمُوْدَ اِذْ قِیْلَ لَهُمْ تَمَتَّعُوْا حَتّٰی حِیْنٍ ۟
४३) र ‘‘समूद’’ (को वृतान्त) मा पनि (निशानी छ) जब उनीसित भनियो कि एक समयसम्म फाइदा उठाइहाल ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَعَتَوْا عَنْ اَمْرِ رَبِّهِمْ فَاَخَذَتْهُمُ الصّٰعِقَةُ وَهُمْ یَنْظُرُوْنَ ۟
४४) तर उनीहरूले आफ्नो पालनकर्ताको आदेशको उल्लंघन गरे, अनि हेर्दाहेर्दै उनीहरूलाई कडक चट्याङ्गले समाप्त गरिदियो ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَمَا اسْتَطَاعُوْا مِنْ قِیَامٍ وَّمَا كَانُوْا مُنْتَصِرِیْنَ ۟ۙ
४५) अनि उनीहरू नउठ्न सके र नत बदला लिन सके ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَقَوْمَ نُوْحٍ مِّنْ قَبْلُ ؕ— اِنَّهُمْ كَانُوْا قَوْمًا فٰسِقِیْنَ ۟۠
४६) र यसभन्दा पहिला (हामीले) ‘‘नूह (अलैहिस्सलाम) को’’ जातिबन्धुलाई पनि (समाप्त गरिसकेका थियौं) निश्चय नै उनीहरू ठूलो अवज्ञाकारी थिए ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَالسَّمَآءَ بَنَیْنٰهَا بِاَیْىدٍ وَّاِنَّا لَمُوْسِعُوْنَ ۟
४७) र आकाशलाई हामीले आफ्नो शक्तिद्वारा बनायौं र निश्चितरूपले हामीमा ठूलो सामर्थ छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَالْاَرْضَ فَرَشْنٰهَا فَنِعْمَ الْمٰهِدُوْنَ ۟
४८) र धरतीलाई हामीले भूईं बनायौं तसर्थ (हेर) हामीले कति राम्ररी बनायौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَمِنْ كُلِّ شَیْءٍ خَلَقْنَا زَوْجَیْنِ لَعَلَّكُمْ تَذَكَّرُوْنَ ۟
४९) र हामीले प्रत्येक कुराको जोडा बनायौं ताकि तिमीले उपदेश ग्रहण गर ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَفِرُّوْۤا اِلَی اللّٰهِ ؕ— اِنِّیْ لَكُمْ مِّنْهُ نَذِیْرٌ مُّبِیْنٌ ۟ۚ
५०) अतः तिमी अल्लाहतर्फ छिटै लाग । निश्चयनै म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष सावधान गर्नेवाला हूँ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَلَا تَجْعَلُوْا مَعَ اللّٰهِ اِلٰهًا اٰخَرَ ؕ— اِنِّیْ لَكُمْ مِّنْهُ نَذِیْرٌ مُّبِیْنٌ ۟
५१) र अल्लाहको साथ अन्य कसैलाई पूज्य नबनाऊ । म उसको तर्फबाट तिम्रो निम्ति एउटा प्रत्यक्ष डर देखाउनेवाला हूँ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាស់ហ្សារីយ៉ាត
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ