Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាលីអុិមរ៉ន   វាក្យខណ្ឌ:
وَلِلّٰهِ مَا فِی السَّمٰوٰتِ وَمَا فِی الْاَرْضِ ؕ— وَاِلَی اللّٰهِ تُرْجَعُ الْاُمُوْرُ ۟۠
१०९) जे जति आकाशहरूमा र पृथ्वीमा छन्, सबै अल्लाहकै हुन् र सबै कुरा (अन्तमा) अल्लाहतिर नै फर्कने छन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
كُنْتُمْ خَیْرَ اُمَّةٍ اُخْرِجَتْ لِلنَّاسِ تَاْمُرُوْنَ بِالْمَعْرُوْفِ وَتَنْهَوْنَ عَنِ الْمُنْكَرِ وَتُؤْمِنُوْنَ بِاللّٰهِ ؕ— وَلَوْ اٰمَنَ اَهْلُ الْكِتٰبِ لَكَانَ خَیْرًا لَّهُمْ ؕ— مِنْهُمُ الْمُؤْمِنُوْنَ وَاَكْثَرُهُمُ الْفٰسِقُوْنَ ۟
११०) (मोमिनहरू !) मानिसहरूको लागि पैदा गरिएको सबै सम्प्रदायहरूमध्ये तिमीहरू सबैभन्दा उत्तम हौ किनकि सत्कर्म गर्न भन्दछौ र दुष्कर्मबाट टाढा रहन सिकाउँदछौ र अल्लाहमाथि आस्था राख्दछौ र यदि अहले किताबले पनि आस्था राखेको भए तिनीहरूको निम्ति धेरै राम्रो हुने थियो । तिनीहरूमध्ये ईमानवालाहरू पनि छन् र धेरै जसो अवज्ञाकारीहरू छन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
لَنْ یَّضُرُّوْكُمْ اِلَّاۤ اَذًی ؕ— وَاِنْ یُّقَاتِلُوْكُمْ یُوَلُّوْكُمُ الْاَدْبَارَ ۫— ثُمَّ لَا یُنْصَرُوْنَ ۟
१११) तिनीहरूले तिमीलाई साधारण दुःख दिन बाहेक कुनै ठूलो हानि पुर्याउन सक्दैनन् र यदि तिमीसँग संघर्षको अवसर आएमा भागिहाल्ने छन्, फेरि तिनीहरूले (कतैबाट) मद्दत पनि पाउने छैनन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
ضُرِبَتْ عَلَیْهِمُ الذِّلَّةُ اَیْنَ مَا ثُقِفُوْۤا اِلَّا بِحَبْلٍ مِّنَ اللّٰهِ وَحَبْلٍ مِّنَ النَّاسِ وَبَآءُوْ بِغَضَبٍ مِّنَ اللّٰهِ وَضُرِبَتْ عَلَیْهِمُ الْمَسْكَنَةُ ؕ— ذٰلِكَ بِاَنَّهُمْ كَانُوْا یَكْفُرُوْنَ بِاٰیٰتِ اللّٰهِ وَیَقْتُلُوْنَ الْاَنْۢبِیَآءَ بِغَیْرِ حَقٍّ ؕ— ذٰلِكَ بِمَا عَصَوْا وَّكَانُوْا یَعْتَدُوْنَ ۟ۗ
११२) यिनीहरूमाथि जहाँ पनि धिक्कार र अपमान भयो, अल्लाह र मानिसहरूको शरणमा गएकाहरू बाहेक । यिनीहरू अल्लाहको क्रोधको भागी भइसकेका छन् । र दरिद्रताले घेरिएका छन् । यो यसकारणले कि यिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र उसका दूतहरूलाई अकारण मारिदिन्थे, यो बदला हो यिनीहरूको अवज्ञाकारिता र अत्याचारको ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
لَیْسُوْا سَوَآءً ؕ— مِنْ اَهْلِ الْكِتٰبِ اُمَّةٌ قَآىِٕمَةٌ یَّتْلُوْنَ اٰیٰتِ اللّٰهِ اٰنَآءَ الَّیْلِ وَهُمْ یَسْجُدُوْنَ ۟
११३) यिनीहरू सबै एक समान छैनन् । बरु यी अहले किताबमध्ये केही मानिसहरू सत्यमार्गमा कायम रहनेहरू पनि छन् । जसले रातिको समयमा पनि अल्लाहका आयतहरू पढ्दछन् र सज्दा पनि गर्दछन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
یُؤْمِنُوْنَ بِاللّٰهِ وَالْیَوْمِ الْاٰخِرِ وَیَاْمُرُوْنَ بِالْمَعْرُوْفِ وَیَنْهَوْنَ عَنِ الْمُنْكَرِ وَیُسَارِعُوْنَ فِی الْخَیْرٰتِ ؕ— وَاُولٰٓىِٕكَ مِنَ الصّٰلِحِیْنَ ۟
११४) यिनीहरू अल्लाहमाथि र आखिरतको दिनमाथि आस्था पनि राख्दछन् र सत्कर्म गर्न भन्दछन् र दुष्कर्मबाट मनाही गर्दछन् र सदाचारतिर अग्रसर हुन्छन् । यिनी सदाचारीमध्येका हुन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَمَا یَفْعَلُوْا مِنْ خَیْرٍ فَلَنْ یُّكْفَرُوْهُ ؕ— وَاللّٰهُ عَلِیْمٌۢ بِالْمُتَّقِیْنَ ۟
११५) यिनीहरूले जति सत्कर्म गर्दछन् त्यसको उपेक्षा गर्नु हुँदैन । र, अल्लाह आत्मसंयमीहरूलाई राम्ररी जान्दछ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាលីអុិមរ៉ន
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ