Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់កសស   វាក្យខណ្ឌ:
فَلَمَّا جَآءَهُمْ مُّوْسٰی بِاٰیٰتِنَا بَیِّنٰتٍ قَالُوْا مَا هٰذَاۤ اِلَّا سِحْرٌ مُّفْتَرًی وَّمَا سَمِعْنَا بِهٰذَا فِیْۤ اٰبَآىِٕنَا الْاَوَّلِیْنَ ۟
३६) यसरी जब ‘‘मूसा’’ उनको पासमा हाम्रा स्पष्ट निशानीहरू लिएर गए, तब उनीहरू भन्नथाले कि यो त बनावटी जादू हो, र यी (कुराहरू) हामीले आफ्नो बाबुबाजेको समयमा पनि कहिल्यै सुनेनौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَقَالَ مُوْسٰی رَبِّیْۤ اَعْلَمُ بِمَنْ جَآءَ بِالْهُدٰی مِنْ عِنْدِهٖ وَمَنْ تَكُوْنُ لَهٗ عَاقِبَةُ الدَّارِ ؕ— اِنَّهٗ لَا یُفْلِحُ الظّٰلِمُوْنَ ۟
३७) मूसाले भने कि मेरो पालनहारले त्यस व्यक्तिलाई राम्ररी जान्दछ जसले उसकहाँबाट मार्गदर्शन लिएर आएको छ र जसको लागि अन्तिम दिन राम्रो परिणाम हुनेछ । निश्चय नै अत्याचारीहरूको भलो हुनेछैन ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَقَالَ فِرْعَوْنُ یٰۤاَیُّهَا الْمَلَاُ مَا عَلِمْتُ لَكُمْ مِّنْ اِلٰهٍ غَیْرِیْ ۚ— فَاَوْقِدْ لِیْ یٰهَامٰنُ عَلَی الطِّیْنِ فَاجْعَلْ لِّیْ صَرْحًا لَّعَلِّیْۤ اَطَّلِعُ اِلٰۤی اِلٰهِ مُوْسٰی ۙ— وَاِنِّیْ لَاَظُنُّهٗ مِنَ الْكٰذِبِیْنَ ۟
३८) फिरऔनले भन्यो हे दरबारीयाहरू ! म त तिम्रो लागि आफू बाहेक कसैलाई रब (पालनकर्ता) जान्दिन, तसर्थ हे हामान ! मेरो निम्ति माटोलाई आगोबाट पोलेर त्यसबाट एउटा महल बनाऊ, ताकि म (त्यसबाट) मूसाको पालनकर्तातिर हेर्न सकूँ र म त यसलाई असत्य नै ठान्दैछु ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَاسْتَكْبَرَ هُوَ وَجُنُوْدُهٗ فِی الْاَرْضِ بِغَیْرِ الْحَقِّ وَظَنُّوْۤا اَنَّهُمْ اِلَیْنَا لَا یُرْجَعُوْنَ ۟
३९) उसले र उसको सेनाहरूले धरतीमा अनावश्यक घमण्ड गरे, र ठाने कि उनीहरूलाई हामीतिर फर्कनु छैन ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَاَخَذْنٰهُ وَجُنُوْدَهٗ فَنَبَذْنٰهُمْ فِی الْیَمِّ ۚ— فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ الظّٰلِمِیْنَ ۟
४०) अन्ततः हामीले उसलाई र उसको सेनाहरूलाई समातिहाल्यौं र उनीहरूलाई गहिरो पानीमा फ्याँकिदियौं । अब हेरिहाल कि अत्याचारीहरूको कस्तो परिणाम भयो ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَجَعَلْنٰهُمْ اَىِٕمَّةً یَّدْعُوْنَ اِلَی النَّارِ ۚ— وَیَوْمَ الْقِیٰمَةِ لَا یُنْصَرُوْنَ ۟
४१) र हामीले उनीहरूलाई आगोतिर आह्वान गर्ने अगुवा बनाइदियौं र कियामतको दिन उनीहरूलाई कुनै सहायता प्राप्त हुनेछैन ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَاَتْبَعْنٰهُمْ فِیْ هٰذِهِ الدُّنْیَا لَعْنَةً ۚ— وَیَوْمَ الْقِیٰمَةِ هُمْ مِّنَ الْمَقْبُوْحِیْنَ ۟۠
४२) र हामीले यस संसारमा पनि उनको पछाडि़ एउटा अभिशाप लगाइदियौँ र कियामतको दिन पनि उनी तिरस्कृत हुनेछन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَلَقَدْ اٰتَیْنَا مُوْسَی الْكِتٰبَ مِنْ بَعْدِ مَاۤ اَهْلَكْنَا الْقُرُوْنَ الْاُوْلٰی بَصَآىِٕرَ لِلنَّاسِ وَهُدًی وَّرَحْمَةً لَّعَلَّهُمْ یَتَذَكَّرُوْنَ ۟
४३) र पहिलाका जातिहरूलाई नष्ट गरिसकेपछि हामीले ‘‘मूसालाई’’ यस्तो किताब (तौरेत) प्रदान गर्यौं, जुन मानिसहरूको निम्ति मार्गदर्शन र दयास्वरूप भएर आएको थियो । ताकि तिनीहरूले शिक्षा (उपदेश) प्राप्त गरुन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់កសស
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ