Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់កះហ្វុី   វាក្យខណ្ឌ:
وَلَقَدْ صَرَّفْنَا فِیْ هٰذَا الْقُرْاٰنِ لِلنَّاسِ مِنْ كُلِّ مَثَلٍ ؕ— وَكَانَ الْاِنْسَانُ اَكْثَرَ شَیْءٍ جَدَلًا ۟
५४) हामीले यस ‘‘कुरआनमा’’ मानिसहरूको लागि विभिन्न प्रकारका उदाहरणहरू वर्णन गरेका छौं, तर मानिस सबभन्दा बढी झगडालु छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَمَا مَنَعَ النَّاسَ اَنْ یُّؤْمِنُوْۤا اِذْ جَآءَهُمُ الْهُدٰی وَیَسْتَغْفِرُوْا رَبَّهُمْ اِلَّاۤ اَنْ تَاْتِیَهُمْ سُنَّةُ الْاَوَّلِیْنَ اَوْ یَاْتِیَهُمُ الْعَذَابُ قُبُلًا ۟
५५) मानिसहरूसम्म मार्गदर्शन आइसकेपछि तिनीहरूलाई ईमान ल्याउनुबाट र आफ्नो पालनकर्ताबाट क्षमायाचना गर्नुबाट यस कुराले मात्र रोकेको थियो कि अघिका मानिसहरूको जस्तो कुराहरू उनको सामु पनि आओस् वा उनको अगाडि खुल्लारूपमा सजाय आइहालोस् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَمَا نُرْسِلُ الْمُرْسَلِیْنَ اِلَّا مُبَشِّرِیْنَ وَمُنْذِرِیْنَ ۚ— وَیُجَادِلُ الَّذِیْنَ كَفَرُوْا بِالْبَاطِلِ لِیُدْحِضُوْا بِهِ الْحَقَّ وَاتَّخَذُوْۤا اٰیٰتِیْ وَمَاۤ اُنْذِرُوْا هُزُوًا ۟
५६) हामीले त आफ्ना रसूलहरूलाई मात्र यसकारण पठाउँछौं, कि तिनीहरूले शुभसन्देश सुनाउन् र डराउन्, तर काफिरहरूले असत्यको सहारा लिई झगडा गर्दछन्, र चाहन्छन् कि त्यसबाट सत्यलाई डगमगाइदिउन्, तिनीहरूले मेरा आयतहरूलाई र जुन कुराले डराइन्छ त्यसलाई उपहास बनाइहालेका छन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَمَنْ اَظْلَمُ مِمَّنْ ذُكِّرَ بِاٰیٰتِ رَبِّهٖ فَاَعْرَضَ عَنْهَا وَنَسِیَ مَا قَدَّمَتْ یَدٰهُ ؕ— اِنَّا جَعَلْنَا عَلٰی قُلُوْبِهِمْ اَكِنَّةً اَنْ یَّفْقَهُوْهُ وَفِیْۤ اٰذَانِهِمْ وَقْرًا ؕ— وَاِنْ تَدْعُهُمْ اِلَی الْهُدٰی فَلَنْ یَّهْتَدُوْۤا اِذًا اَبَدًا ۟
५७) त्यसभन्दा ठूलो अत्याचारीको छ, जसलाई उसको पालनकर्ताको कलाम (शब्दहरू) बाट उपदेश गरिन्छ, तैपनि त्यो विमुख भइरहोस्, र जुन कर्महरू उसले अगाडि पठाइसकेको छ, त्यसलाई बिर्सिदेओस् । निःसन्देह हामीले तिनीहरूको हृदयमाथि आवरण हालिदिएका छौं, ताकि यसलाई बुझ्न नसकुन् र कानहरूमा बोझ (पैदा गरिदिएका छौं कि सुन्न नसकुन्) र यद्यपि तपाईले उनीहरूलाई राम्रो बाटोतिर बोलाउँछौ तैपनि तिनी कहिल्यै सही बाटोमा आउने छैनन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَرَبُّكَ الْغَفُوْرُ ذُو الرَّحْمَةِ ؕ— لَوْ یُؤَاخِذُهُمْ بِمَا كَسَبُوْا لَعَجَّلَ لَهُمُ الْعَذَابَ ؕ— بَلْ لَّهُمْ مَّوْعِدٌ لَّنْ یَّجِدُوْا مِنْ دُوْنِهٖ مَوْىِٕلًا ۟
५८) र तिम्रो पालनकर्ता ठूलो क्षमादाता र दयावान छ । यदि उसले उनीहरूको क्रियाकलापको लागि सजायको निम्ति तिनीहरूलाई समात्न थाल्ने हो भने तिनीहरूमाथि तुरुन्तै सजाय पठाउन सक्छ तर तिनीहरूको निम्ति एउटा समय (निर्धारित) छ जसबाट तिनीहरू कहिल्यै फुत्कन पाउनेछैनन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَتِلْكَ الْقُرٰۤی اَهْلَكْنٰهُمْ لَمَّا ظَلَمُوْا وَجَعَلْنَا لِمَهْلِكِهِمْ مَّوْعِدًا ۟۠
५९) यी ती बस्तीहरू हुन्, जसलाई तिनीहरूको अत्याचारको कारण हामीले नष्ट गरिहाल्यौं, र तिनीहरूको विध्वसंको निम्ति पनि हामीले एउटा समय निश्चित गरेका थियौं ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَاِذْ قَالَ مُوْسٰی لِفَتٰىهُ لَاۤ اَبْرَحُ حَتّٰۤی اَبْلُغَ مَجْمَعَ الْبَحْرَیْنِ اَوْ اَمْضِیَ حُقُبًا ۟
६०) जब मूसाले आफ्नो युवकसित भने कि म त दुई समुद्रको दोभानमा नपुगुञ्जेल हिंडि नै राख्नेछु, चाहे कैयौ वर्षसम्म किन चल्न नपरोस् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
فَلَمَّا بَلَغَا مَجْمَعَ بَیْنِهِمَا نَسِیَا حُوْتَهُمَا فَاتَّخَذَ سَبِیْلَهٗ فِی الْبَحْرِ سَرَبًا ۟
६१) जब उनी दुवै समुद्रको संगममा पुगे त त्यहाँ आफ्नो माछा बिर्सिहाले, जसले समुद्रमा सुरुँग जस्तो आफ्नो बाटो बनाइहाल्यो
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាល់កះហ្វុី
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ