Check out the new design

ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស * - មាតិកានៃការបកប្រែ


ការបកប្រែអត្ថន័យ ជំពូក​: អាន់ណះល៍   វាក្យខណ្ឌ:
وَقَالَ الَّذِیْنَ اَشْرَكُوْا لَوْ شَآءَ اللّٰهُ مَا عَبَدْنَا مِنْ دُوْنِهٖ مِنْ شَیْءٍ نَّحْنُ وَلَاۤ اٰبَآؤُنَا وَلَا حَرَّمْنَا مِنْ دُوْنِهٖ مِنْ شَیْءٍ ؕ— كَذٰلِكَ فَعَلَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ ۚ— فَهَلْ عَلَی الرُّسُلِ اِلَّا الْبَلٰغُ الْمُبِیْنُ ۟
३५) मुश्रिकहरूले भने कि अल्लाहले चाहेको भए हामीले र हाम्रा बाबुबाजेले उसबाहेक अरु कसैको पूजा गर्ने थिएनन् र नत हामीले उसको आदेश बिना कुनै कुरालाई हराम (वर्जित) ठहराउँथ्यौं । (हे पैगम्बर !) यस्तै प्रकारले यिनीहरूभन्दा अगाडिका मानिसहरूले पनि गरेका थिए, तसर्थ पैगम्बरहरूको जिम्मामा मात्र स्पष्टरूपले सन्देश पुर्याइदिनु बाहेक अरु केही छ र ?
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَلَقَدْ بَعَثْنَا فِیْ كُلِّ اُمَّةٍ رَّسُوْلًا اَنِ اعْبُدُوا اللّٰهَ وَاجْتَنِبُوا الطَّاغُوْتَ ۚ— فَمِنْهُمْ مَّنْ هَدَی اللّٰهُ وَمِنْهُمْ مَّنْ حَقَّتْ عَلَیْهِ الضَّلٰلَةُ ؕ— فَسِیْرُوْا فِی الْاَرْضِ فَانْظُرُوْا كَیْفَ كَانَ عَاقِبَةُ الْمُكَذِّبِیْنَ ۟
३६) हामीले हरेक समुदायमा पैगम्बर पठायौं कि मानिसहरू अल्लाहकै पूजा गरुन्, र उस बाहेक अन्य समस्त पुज्यहरूलाई त्यागिहालुन् अनि तिनीहरूमध्ये केही यस्ता छन्, जसलाई अल्लाहले मार्गदर्शन गर्यो र केही यस्ता छन जो मार्गविचलनमा परे । तसर्थ तिमी स्वयम् पृथ्वीमा घुमफिर गरेर हेरिहाल कि (सत्यलाई) झूठो भन्नेहरूको परिणाम कस्तो भयो ?
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
اِنْ تَحْرِصْ عَلٰی هُدٰىهُمْ فَاِنَّ اللّٰهَ لَا یَهْدِیْ مَنْ یُّضِلُّ وَمَا لَهُمْ مِّنْ نّٰصِرِیْنَ ۟
३७) यद्यपि तपाई यी काफिरहरूको पथप्रदर्शनको लागि इच्छुक भए पनि जसलाई अल्लाहले पथविचलित गर्छ, त्यसलाई मार्गदर्शन दिने गर्दैन, र यस्ता मानिसहरूको कोही सहायता गर्ने पनि हुँदैन ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَاَقْسَمُوْا بِاللّٰهِ جَهْدَ اَیْمَانِهِمْ ۙ— لَا یَبْعَثُ اللّٰهُ مَنْ یَّمُوْتُ ؕ— بَلٰی وَعْدًا عَلَیْهِ حَقًّا وَّلٰكِنَّ اَكْثَرَ النَّاسِ لَا یَعْلَمُوْنَ ۟ۙ
३८) तिनीहरूले ठुल–ठूला शपथहरू खाएर भन्छन् कि मरेकाहरूलाई अल्लाहले जीवित गर्दैन । किन होइन ! अवश्य जिन्दा गर्नेछ । यो अल्लाहको एउटा सत्य वचन हो जसलाई उसले अवश्य पूरा गर्नेछ तर अधिकतर मानिसहरू जान्दैनन् ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
لِیُبَیِّنَ لَهُمُ الَّذِیْ یَخْتَلِفُوْنَ فِیْهِ وَلِیَعْلَمَ الَّذِیْنَ كَفَرُوْۤا اَنَّهُمْ كَانُوْا كٰذِبِیْنَ ۟
३९) त्यसकारण पनि कि जुन कुरामा यिनीहरूले विवाद गर्दथे, त्यस कुरालाई स्पष्टसँग अल्लाहले वर्णन गरोस् र यस कारण पनि कि काफिरहरूले जानिहालुन् कि तिनीहरू झूठा थिए ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
اِنَّمَا قَوْلُنَا لِشَیْءٍ اِذَاۤ اَرَدْنٰهُ اَنْ نَّقُوْلَ لَهٗ كُنْ فَیَكُوْنُ ۟۠
४०) जब हामीले कुनै कुराको इच्छा गर्दछौं त यति मात्र भनिदिन्छौं कि ‘‘भइहाल’’ अनि त्यो भइहाल्छ ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
وَالَّذِیْنَ هَاجَرُوْا فِی اللّٰهِ مِنْ بَعْدِ مَا ظُلِمُوْا لَنُبَوِّئَنَّهُمْ فِی الدُّنْیَا حَسَنَةً ؕ— وَلَاَجْرُ الْاٰخِرَةِ اَكْبَرُ ۘ— لَوْ كَانُوْا یَعْلَمُوْنَ ۟ۙ
४१) र जुन मानिसहरूले अत्याचार सहेपछि अल्लाहको बाटोमा घरद्वार छाड़े, हामीले तिनीहरूलाई संसारमा राम्रोभन्दा राम्रो घर दिनेछौं, र आखिरतको पुरस्कार त निकै ठूलो छ तर काश ! तिनीहरूले बुझ्दथे ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
الَّذِیْنَ صَبَرُوْا وَعَلٰی رَبِّهِمْ یَتَوَكَّلُوْنَ ۟
४२) (अर्थात) ती मानिसहरू जसले धैर्य गरे र आफ्नो पालनकर्तामाथि नै भरोसा गर्दैरहे ।
ការបកស្រាយជាភាសា​អារ៉ាប់:
 
ការបកប្រែអត្ថន័យ ជំពូក​: អាន់ណះល៍
មាតិកានៃជំពូក លេខ​ទំព័រ
 
ការបកប្រែអត្ថន័យនៃគម្ពីរគួរអាន - ការបកប្រែជាភាសានេប៉ាល់ - សមាគម៌អះលុលហាទីស - មាតិកានៃការបកប្រែ

ចេញដោយសមាគមអះលុលហាទីសនៅនេប៉ាល់។

បិទ