Check out the new design

Firo maanaaji Alqur'aana Teddunde nden - Eggo maanaaji Kur'aana e hala Nepal - Kawtal yimɓe Hadis * - Loowdi firooji ɗi


Firo maanaaji Simoore.: Simoore Yuusuf   Aaya.:
فَلَمَّا جَهَّزَهُمْ بِجَهَازِهِمْ جَعَلَ السِّقَایَةَ فِیْ رَحْلِ اَخِیْهِ ثُمَّ اَذَّنَ مُؤَذِّنٌ اَیَّتُهَا الْعِیْرُ اِنَّكُمْ لَسٰرِقُوْنَ ۟
७०) फेरि जब उनलाई उनको सामान तथा रकमहरू ठिक ठाक गरी दिनुभयो, तब आफ्नो भाइको झोलामा पानी खाने भाँडो राखिदिनुभयो, फेरि एउटा बोलाउने मान्छेले कराएर भन्योः समूह वालाहरू हो ! तिमीहरू त चोर हौ ।
Tafsiraaɗe Aarabu ɗen:
قَالُوْا وَاَقْبَلُوْا عَلَیْهِمْ مَّاذَا تَفْقِدُوْنَ ۟
७१) उनीहरूले उनीतर्फ मुख पल्टाएर भने कि तिम्रो कुन वस्तु हराएको छ ?
Tafsiraaɗe Aarabu ɗen:
قَالُوْا نَفْقِدُ صُوَاعَ الْمَلِكِ وَلِمَنْ جَآءَ بِهٖ حِمْلُ بَعِیْرٍ وَّاَنَا بِهٖ زَعِیْمٌ ۟
७२) उत्तर दिइयो कि ‘‘शाही पैमाना हराइसकेको छ । जसले त्यसलाई ल्याइदिन्छ त्यस व्यक्तिलाई एउटा ऊँटको भार बराबर खाद्यान्न मिल्नेछ, यस प्रतिज्ञाको म जमानती हूँ ।
Tafsiraaɗe Aarabu ɗen:
قَالُوْا تَاللّٰهِ لَقَدْ عَلِمْتُمْ مَّا جِئْنَا لِنُفْسِدَ فِی الْاَرْضِ وَمَا كُنَّا سٰرِقِیْنَ ۟
७३) उनीहरूले भनेः अल्लाहको कसम ! तिमीलाई पूर्ण ज्ञान छ कि हामी यस राष्ट्रमा झैं झगडा फैलाउनको लागि आएका होइनौं, र न हामी चोर हौं ।
Tafsiraaɗe Aarabu ɗen:
قَالُوْا فَمَا جَزَآؤُهٗۤ اِنْ كُنْتُمْ كٰذِبِیْنَ ۟
७४) उनले भने अब बताऊ, ‘‘चोरको दण्ड के हुन्छ ?’’ यदि तिमी झूठो छौ ।
Tafsiraaɗe Aarabu ɗen:
قَالُوْا جَزَآؤُهٗ مَنْ وُّجِدَ فِیْ رَحْلِهٖ فَهُوَ جَزَآؤُهٗ ؕ— كَذٰلِكَ نَجْزِی الظّٰلِمِیْنَ ۟
७५) उत्तर दिए कि जसको थैलाबाट पैमाना (अङ्गखोरा) प्राप्त हुनेछ उही नै त्यसको भरपाई हुनेछ । हामी त यस्ता दुष्टहरूलाई यस्तै दण्ड दिन्छौं ।
Tafsiraaɗe Aarabu ɗen:
فَبَدَاَ بِاَوْعِیَتِهِمْ قَبْلَ وِعَآءِ اَخِیْهِ ثُمَّ اسْتَخْرَجَهَا مِنْ وِّعَآءِ اَخِیْهِ ؕ— كَذٰلِكَ كِدْنَا لِیُوْسُفَ ؕ— مَا كَانَ لِیَاْخُذَ اَخَاهُ فِیْ دِیْنِ الْمَلِكِ اِلَّاۤ اَنْ یَّشَآءَ اللّٰهُ ؕ— نَرْفَعُ دَرَجٰتٍ مَّنْ نَّشَآءُ ؕ— وَفَوْقَ كُلِّ ذِیْ عِلْمٍ عَلِیْمٌ ۟
७६) तब यूसुफले उनीहरूको सामानको खानातलाशी प्रारम्भ गरे, आफ्नो भाइको सामान खानतलाशी गर्नुभन्दा पहिला, त्यसपछि त्यस पैमानालाई आफ्नो भाइको सामानबाट बरामद गरे । हामीले (अल्लाह) यूसुफको लागि यस्तै युक्ति निकालें । त्यस राजाको राजकीय कानून अनुसार उहाँ आफ्नो भाइलाई राख्न सक्तैनथे । परन्तु यदि यो अल्लाहलाई स्वीकार भयो भने, हामीले, (अल्लाह) जसलाई चाहान्छौं त्यसको मर्यादा बढाइदिन्छौं । प्रत्येक ज्ञातामाथि अर्को ज्ञानवान हुन्छ ।
Tafsiraaɗe Aarabu ɗen:
قَالُوْۤا اِنْ یَّسْرِقْ فَقَدْ سَرَقَ اَخٌ لَّهٗ مِنْ قَبْلُ ۚ— فَاَسَرَّهَا یُوْسُفُ فِیْ نَفْسِهٖ وَلَمْ یُبْدِهَا لَهُمْ ۚ— قَالَ اَنْتُمْ شَرٌّ مَّكَانًا ۚ— وَاللّٰهُ اَعْلَمُ بِمَا تَصِفُوْنَ ۟
७७) उनीहरूले भने कि यदि उसले चोरी गर्यो भने (कुनै आश्चर्यको कुरा होइन) त्यसभन्दा अगावै उसको दाजुले पनि चोरी गरिसकेको छ यूसुफले यस कुरालाई आफ्नो मुटुमै राखिलिए र त्यस कुरालाई उनको अगाडि बिल्कुलै प्रकट गरेनन्, भनेः कि तिमी खराब ठाँउमा छौ, र जुन तिमी बयान गर्दछौ उसलाई अल्लाह नै सूक्ष्मरूपले राम्ररी जान्दछ ।
Tafsiraaɗe Aarabu ɗen:
قَالُوْا یٰۤاَیُّهَا الْعَزِیْزُ اِنَّ لَهٗۤ اَبًا شَیْخًا كَبِیْرًا فَخُذْ اَحَدَنَا مَكَانَهٗ ۚ— اِنَّا نَرٰىكَ مِنَ الْمُحْسِنِیْنَ ۟
७८) उनीहरूले भनेः हे अजीजे मिश्र (यूसुफ !) उसको पिता लामो उमेरको निकै पाको वृद्ध व्यक्ति हुनुहुन्छ तपाई यसको सट्टा हामीमध्येबाट कसैलाई लिइलिनुहोस् हामी देख्दछौ कि तपाई धेरै परोपकारी हुनुहुन्छ ।
Tafsiraaɗe Aarabu ɗen:
 
Firo maanaaji Simoore.: Simoore Yuusuf
Loowdi cimooje ɗe Tonngoode hello ngon
 
Firo maanaaji Alqur'aana Teddunde nden - Eggo maanaaji Kur'aana e hala Nepal - Kawtal yimɓe Hadis - Loowdi firooji ɗi

Wonande ko fedde Ahlul Hadiis to Nipaal.

Uddu