Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አት ተህሪም   አንቀጽ:
یٰۤاَیُّهَا الَّذِیْنَ اٰمَنُوْا تُوْبُوْۤا اِلَی اللّٰهِ تَوْبَةً نَّصُوْحًا ؕ— عَسٰی رَبُّكُمْ اَنْ یُّكَفِّرَ عَنْكُمْ سَیِّاٰتِكُمْ وَیُدْخِلَكُمْ جَنّٰتٍ تَجْرِیْ مِنْ تَحْتِهَا الْاَنْهٰرُ ۙ— یَوْمَ لَا یُخْزِی اللّٰهُ النَّبِیَّ وَالَّذِیْنَ اٰمَنُوْا مَعَهٗ ۚ— نُوْرُهُمْ یَسْعٰی بَیْنَ اَیْدِیْهِمْ وَبِاَیْمَانِهِمْ یَقُوْلُوْنَ رَبَّنَاۤ اَتْمِمْ لَنَا نُوْرَنَا وَاغْفِرْ لَنَا ۚ— اِنَّكَ عَلٰی كُلِّ شَیْءٍ قَدِیْرٌ ۟
८) हे मोमिनहरू ! अल्लाहको अगाडि तिमीहरूले सत्य पवित्र हृदयले क्षमा याचना गर, आशा छ कि उसले तिम्रा पापहरू तिमीबाट हटाइदिनेछ र तिमीलाई स्वर्गका बागहरूमा, जसमुनि नहरहरू बगरिराखेका छन्, प्रविष्ट गराउनेछ । त्यसदिन अल्लाहले पैगम्बरलाई र ती मानिसहरूलाई, जसले उनको साथ दिएका छन्, निराश गर्नेछैन, (बरु) उनको चमक उनको अगाडि र दायाँतिर (प्रकाश पार्दै) हिंडिरहेको हुनेछ र उनीहरू अल्लाहसित विन्ती गर्नेछन् कि हे पालनकर्ता ! हाम्रो प्रकाश हाम्रो निम्ति पूरा गर र हामीलाई क्षमा गर । निःसन्देह तिमी, प्रत्येक कुरामाथि सामर्थ्यवान छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا النَّبِیُّ جَاهِدِ الْكُفَّارَ وَالْمُنٰفِقِیْنَ وَاغْلُظْ عَلَیْهِمْ ؕ— وَمَاْوٰىهُمْ جَهَنَّمُ ؕ— وَبِئْسَ الْمَصِیْرُ ۟
९) हे पैगम्बर ! काफिरहरू र मुनाफिकहरूसित लड र उनीहरूमाथि कडाई गर । उनीहरूको बास्स्थान नर्क हो र त्यो साह्रै नराम्रो ठाउँ हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ضَرَبَ اللّٰهُ مَثَلًا لِّلَّذِیْنَ كَفَرُوا امْرَاَتَ نُوْحٍ وَّامْرَاَتَ لُوْطٍ ؕ— كَانَتَا تَحْتَ عَبْدَیْنِ مِنْ عِبَادِنَا صَالِحَیْنِ فَخَانَتٰهُمَا فَلَمْ یُغْنِیَا عَنْهُمَا مِنَ اللّٰهِ شَیْـًٔا وَّقِیْلَ ادْخُلَا النَّارَ مَعَ الدّٰخِلِیْنَ ۟
१०) अल्लाहले काफिरहरूको निम्ति ‘‘नूहकी’’ पत्नी र ‘‘लूतकी’’ पत्नीको उदाहरण वर्णन गरेको छ । दुवै हाम्रा असल भक्तहरूमध्ये दुईवटा भक्तहरूको घरमा थिइन्, र दुवैले उनीप्रति विश्वासघात गरिन्, तब ती असल भक्तहरूले उनीहरूलाई अल्लाहको सजायबाट बचाउन सकेनन्, र भनियो कि (हे स्त्रीहरू) प्रवेश गर्नेवालाको साथमा तिमी दुवै पनि नर्कमा प्रविष्ट भइहाल ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَضَرَبَ اللّٰهُ مَثَلًا لِّلَّذِیْنَ اٰمَنُوا امْرَاَتَ فِرْعَوْنَ ۘ— اِذْ قَالَتْ رَبِّ ابْنِ لِیْ عِنْدَكَ بَیْتًا فِی الْجَنَّةِ وَنَجِّنِیْ مِنْ فِرْعَوْنَ وَعَمَلِهٖ وَنَجِّنِیْ مِنَ الْقَوْمِ الظّٰلِمِیْنَ ۟ۙ
११) र मोमिनहरूको निम्ति अल्लाहले ‘‘फिरऔनकी’’ पत्नीको उदाहरण वर्णन गरेको छ, जब कि उनले अल्लाहसित प्रार्थना गरिन् कि हे मेरो पालनकर्ता ! मेरो निम्ति स्वर्गमा आफ्नो नजिक एउटा घर बनाऊ र मलाई फिरऔन र उसको कर्मबाट छुटकारा देऊ, र अत्याचारीहरूबाट मलाई मुक्त गर ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَرْیَمَ ابْنَتَ عِمْرٰنَ الَّتِیْۤ اَحْصَنَتْ فَرْجَهَا فَنَفَخْنَا فِیْهِ مِنْ رُّوْحِنَا وَصَدَّقَتْ بِكَلِمٰتِ رَبِّهَا وَكُتُبِهٖ وَكَانَتْ مِنَ الْقٰنِتِیْنَ ۟۠
१२) र (अर्को) इम्रानकि छोरी ‘‘मरियमको’’ दृष्टान्त बयान गर्यो जसले आफ्नो सतित्वको रक्षा गरिन्, फेरि हामीले त्यस स्त्रीभित्र आफ्नो तरफबाट रूह फूँकिदियौ, र त्यसले आफ्नो पालनकर्ताको कलाम(वाणी) र उसको किताबहरूलाई सत्य ठान्दथिइन्, र उनी उपासकहरूमध्येकी थिइन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አት ተህሪም
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት