Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል ፈትህ   አንቀጽ:
اِنَّ الَّذِیْنَ یُبَایِعُوْنَكَ اِنَّمَا یُبَایِعُوْنَ اللّٰهَ ؕ— یَدُ اللّٰهِ فَوْقَ اَیْدِیْهِمْ ۚ— فَمَنْ نَّكَثَ فَاِنَّمَا یَنْكُثُ عَلٰی نَفْسِهٖ ۚ— وَمَنْ اَوْفٰی بِمَا عٰهَدَ عَلَیْهُ اللّٰهَ فَسَیُؤْتِیْهِ اَجْرًا عَظِیْمًا ۟۠
१०) जो–जो तपाईसित ‘बैअत’ (आज्ञापालनको प्रतिज्ञा) गर्दछन् उनीहरू निःसन्देह अल्लाहसित ‘बैअत’ गर्दछन् । अल्लाहको हात उनीहरूको हातमाथि छ । अनि जसले वचन भङ्ग गर्यो त वचन भङ्गको नोक्सानी उसैलाई नै छ र जसले त्यस प्रतिज्ञालाई पूरा गर्यो, जुन उसले अल्लाहसित गरेको छ त उसलाई अल्लाहले शीघ्र ठूलो प्रतिफल प्रदान गर्नेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
سَیَقُوْلُ لَكَ الْمُخَلَّفُوْنَ مِنَ الْاَعْرَابِ شَغَلَتْنَاۤ اَمْوَالُنَا وَاَهْلُوْنَا فَاسْتَغْفِرْ لَنَا ۚ— یَقُوْلُوْنَ بِاَلْسِنَتِهِمْ مَّا لَیْسَ فِیْ قُلُوْبِهِمْ ؕ— قُلْ فَمَنْ یَّمْلِكُ لَكُمْ مِّنَ اللّٰهِ شَیْـًٔا اِنْ اَرَادَ بِكُمْ ضَرًّا اَوْ اَرَادَ بِكُمْ نَفْعًا ؕ— بَلْ كَانَ اللّٰهُ بِمَا تَعْمَلُوْنَ خَبِیْرًا ۟
११) (देहाती) गाउँलेहरूमध्ये जो पछि परिसकेका थिए उनीहरू अब तपाईसित भन्नेछनः कि ‘‘हाम्रा धन सम्पत्ति र हाम्रा बालबच्चामा हामी व्यस्त थियौं, तसर्थ तपाईले हाम्रो निम्ति क्षमाको प्रार्थना गरिदिनुहोस् !’’ उनीहरू आफ्नो जिब्रोले ती कुराहरू भन्दछन् जुन उनका हृदयमा छैनन् । भनिदिनुस् कि यदि अल्लाहले तिमीलाई नोक्सानी पुर्याउन चाहन्छ वा तिमीलाई फाइदा पुर्याउने इच्छा राख्दछ भने कसले उसको सामु तिम्रो निम्ति कुनै कुराको कुनै अख्तियारी राख्दछ ? (कोही छैन), बरु जे जति तिमीले गर्दछौ अल्लाहले त्यसलाई जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
بَلْ ظَنَنْتُمْ اَنْ لَّنْ یَّنْقَلِبَ الرَّسُوْلُ وَالْمُؤْمِنُوْنَ اِلٰۤی اَهْلِیْهِمْ اَبَدًا وَّزُیِّنَ ذٰلِكَ فِیْ قُلُوْبِكُمْ وَظَنَنْتُمْ ظَنَّ السَّوْءِ ۖۚ— وَكُنْتُمْ قَوْمًا بُوْرًا ۟
१२) कुरो यो छ कि तिमीहरूले यो ठान्थ्यौ कि पैगम्बर र मोमिनहरूले आफ्नो वतनमा कहिल्यै फर्किआउने छैनन् र यही कुरा तिम्रो हृदयलाई राम्रो प्रतीत भयो र तिमीले गलत अनुमान गर्यौ । वास्तवमा तिमीहरू सखाप हुनेवालाहरू हौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَنْ لَّمْ یُؤْمِنْ بِاللّٰهِ وَرَسُوْلِهٖ فَاِنَّاۤ اَعْتَدْنَا لِلْكٰفِرِیْنَ سَعِیْرًا ۟
१३) र जसले अल्लाहमाथि र उसको रसूलमाथि ईमान ल्याउँदैन, त हामीले पनि यस्ता काफिरहरूको निम्ति आगो तयार गरिराखेका छौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلِلّٰهِ مُلْكُ السَّمٰوٰتِ وَالْاَرْضِ ؕ— یَغْفِرُ لِمَنْ یَّشَآءُ وَیُعَذِّبُ مَنْ یَّشَآءُ ؕ— وَكَانَ اللّٰهُ غَفُوْرًا رَّحِیْمًا ۟
१४) र आकाशहरू र धरतीको सत्ता अल्लाहकै हो । जसलाई चाहन्छ माफी दिन्छ र जसलाई चाहन्छ दण्ड दिन्छ र अल्लाह बडो क्षमाशील अत्यन्त दयावान छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
سَیَقُوْلُ الْمُخَلَّفُوْنَ اِذَا انْطَلَقْتُمْ اِلٰی مَغَانِمَ لِتَاْخُذُوْهَا ذَرُوْنَا نَتَّبِعْكُمْ ۚ— یُرِیْدُوْنَ اَنْ یُّبَدِّلُوْا كَلٰمَ اللّٰهِ ؕ— قُلْ لَّنْ تَتَّبِعُوْنَا كَذٰلِكُمْ قَالَ اللّٰهُ مِنْ قَبْلُ ۚ— فَسَیَقُوْلُوْنَ بَلْ تَحْسُدُوْنَنَا ؕ— بَلْ كَانُوْا لَا یَفْقَهُوْنَ اِلَّا قَلِیْلًا ۟
१५) जब तिमी धर्मयुद्धमा प्राप्तहुने माललाई प्राप्त गर्नको निम्ति उनीहरूतिर हिंड्नेछौ त यी पछि पर्नेहरूले तत्काल भन्नेछन् कि ‘‘हामीलाई पनि आफ्नो साथ जान अनुमति दिनुस्’’ उनीहरूले चाहन्छन् कि अल्लाहको कथनलाई परिवर्तित गरिदिउन् । भनिदिनुस् कि तिमी कहिल्यै पनि हाम्रो साथमा हिंड्न सक्दैनौ । अल्लाहले अघि नै यस्तो भनिदिएको छ । अनि भन्नेछन् (होइन) तिमी त हामीसित ईष्र्या गर्दछौं । कुरो यो छ कि तिनीहरूले धेरै कम बुझ्छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል ፈትህ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት