Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አዝ ዙመር   አንቀጽ:
خَلَقَكُمْ مِّنْ نَّفْسٍ وَّاحِدَةٍ ثُمَّ جَعَلَ مِنْهَا زَوْجَهَا وَاَنْزَلَ لَكُمْ مِّنَ الْاَنْعَامِ ثَمٰنِیَةَ اَزْوَاجٍ ؕ— یَخْلُقُكُمْ فِیْ بُطُوْنِ اُمَّهٰتِكُمْ خَلْقًا مِّنْ بَعْدِ خَلْقٍ فِیْ ظُلُمٰتٍ ثَلٰثٍ ؕ— ذٰلِكُمُ اللّٰهُ رَبُّكُمْ لَهُ الْمُلْكُ ؕ— لَاۤ اِلٰهَ اِلَّا هُوَ ۚ— فَاَنّٰی تُصْرَفُوْنَ ۟
६) उसले तिमी सबैलाई एक ज्यानबाट सृष्टि गर्यो, अनि उसैबाट जोडी बनायो र उसैले तिम्रो निम्ति चौपायामध्ये आठ जोडीहरू (भाले–पोथी) बनायो । उसैले तिम्रा आमाहरूको पेटमा एउटा आकारपछि अर्को आकारमा सृजना गर्दछ तीन–तीन अँध्याराहरूमा । उही अल्लाह तिम्रो पालनकर्ता हो । सत्ता उसैको हो, उसबाहेक कोही सत्य पूज्य छैन । अनि तिमी कहाँ बहकिरहेका छौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ تَكْفُرُوْا فَاِنَّ اللّٰهَ غَنِیٌّ عَنْكُمْ ۫— وَلَا یَرْضٰی لِعِبَادِهِ الْكُفْرَ ۚ— وَاِنْ تَشْكُرُوْا یَرْضَهُ لَكُمْ ؕ— وَلَا تَزِرُ وَازِرَةٌ وِّزْرَ اُخْرٰی ؕ— ثُمَّ اِلٰی رَبِّكُمْ مَّرْجِعُكُمْ فَیُنَبِّئُكُمْ بِمَا كُنْتُمْ تَعْمَلُوْنَ ؕ— اِنَّهٗ عَلِیْمٌۢ بِذَاتِ الصُّدُوْرِ ۟
७) यदि तिमी अकृतज्ञता प्रकट गर्दछौ भने सम्झिराख अल्लाह तिमी सबैसित निस्पृह छ । र उसले आफ्ना भक्तहरूको कृतघ्नता मन पराउँदैन, र यदि तिमी कृतज्ञता प्रकट गर्दछौ भने, उसले यसलाई तिम्रो निम्ति रुचाउनेछ । कसैले अर्काको लागि कुनै बोझ उठाउँदैन । अनि तिमीहरू सबैलाई आफ्नो पालनकर्तातिर फर्किजानु पर्नेछ । र उसले तिमीलाई बताइदिनेछ, जे तिमीले गरिराखेका हुनेछौ । निश्चय नै उसले छातीभित्रको कुरा पनि जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِذَا مَسَّ الْاِنْسَانَ ضُرٌّ دَعَا رَبَّهٗ مُنِیْبًا اِلَیْهِ ثُمَّ اِذَا خَوَّلَهٗ نِعْمَةً مِّنْهُ نَسِیَ مَا كَانَ یَدْعُوْۤا اِلَیْهِ مِنْ قَبْلُ وَجَعَلَ لِلّٰهِ اَنْدَادًا لِّیُضِلَّ عَنْ سَبِیْلِهٖ ؕ— قُلْ تَمَتَّعْ بِكُفْرِكَ قَلِیْلًا ۖۗ— اِنَّكَ مِنْ اَصْحٰبِ النَّارِ ۟
८) र जब मानिसलाई कुनै कष्ट पुग्दछ तब राम्रो एकाग्र भएर आफ्नो पालनकर्तालाई पुकार्दछ अनि जब अल्लाहले उसमाथि आफ्नो अनुकम्पा गर्दछ, तब त्यसले त्यस कुरालाई बिर्सिहाल्दछ जसको निम्ति पहिले प्रार्थना गरिरहेको थियो, र अल्लाहको समकक्षी ठहराउन थाल्दछ, ताकि यसको परिणामस्वरूप त्यसले उसको मार्गबाट अरुलाई पनि विचलित गराओस् । तपाईं भनिदिनुस् कि आफ्नो इन्कारको फाइदा केही दिनसम्म लिइहाल । अन्ततः तिमी नरकीहरूमध्येका हुनेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمَّنْ هُوَ قَانِتٌ اٰنَآءَ الَّیْلِ سَاجِدًا وَّقَآىِٕمًا یَّحْذَرُ الْاٰخِرَةَ وَیَرْجُوْا رَحْمَةَ رَبِّهٖ ؕ— قُلْ هَلْ یَسْتَوِی الَّذِیْنَ یَعْلَمُوْنَ وَالَّذِیْنَ لَا یَعْلَمُوْنَ ؕ— اِنَّمَا یَتَذَكَّرُ اُولُوا الْاَلْبَابِ ۟۠
९) त्यो व्यक्ति जसले रातको समयमा सजदा (उपासना) गर्दछ र उपासनामा उभिरहन्छ, आखिरतसित डराउँछ र आफ्नो पालनकर्ताको दयाको आशा राख्दछ त्यो र यसको विपरीत गर्नेवाला के बराबर हुन सक्दछन् ? भन कि ‘‘के उनीहरू जो ज्ञानी छन् र उनीहरू जो अज्ञानी छन् दुवै समान हुनेछन् ? निश्चितरूपले शिक्षा त तिनैले ग्रहण गर्छन् जो बुद्धिवाला (सक्षम) छन् ।’’
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ یٰعِبَادِ الَّذِیْنَ اٰمَنُوا اتَّقُوْا رَبَّكُمْ ؕ— لِلَّذِیْنَ اَحْسَنُوْا فِیْ هٰذِهِ الدُّنْیَا حَسَنَةٌ ؕ— وَاَرْضُ اللّٰهِ وَاسِعَةٌ ؕ— اِنَّمَا یُوَفَّی الصّٰبِرُوْنَ اَجْرَهُمْ بِغَیْرِ حِسَابٍ ۟
१०) भनिदिनुस् कि ‘‘हे ईमानवाला सेवकहरू आफ्नो पालनकर्तासित डर । जसले संसारमा असल कर्म गरेर देखाए, उनीहरूको निम्ति राम्रो प्रतिफल छ, र अल्लाहको धरती फराकिलो छ । धैर्यवानहरूकै निम्ति पूरा पूरा अनगिन्त पुरस्कार दिइन्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አዝ ዙመር
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት