Check out the new design

የተከበረው ቁርአን መልዕክተ ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማውጫ


የመልዕክት ትርጉም ሱራ (ምዕራፍ): ኣሊ-ኢምራን   አንቀፅ:

अाले इम्रान

الٓمَّٓ ۟ۙۚ
१) अलिफ्–लाम–मीम
ዓረብኛ ተፍሲሮች:
اللّٰهُ لَاۤ اِلٰهَ اِلَّا هُوَ الْحَیُّ الْقَیُّوْمُ ۟ؕ
२) अल्लाह, नै वास्तविक सत्य पूजनीय हो, उस बाहेक अरु कोही पूज्य छैन, जो सधैं रहिरहने र सबैको रक्षक हो ।
ዓረብኛ ተፍሲሮች:
نَزَّلَ عَلَیْكَ الْكِتٰبَ بِالْحَقِّ مُصَدِّقًا لِّمَا بَیْنَ یَدَیْهِ وَاَنْزَلَ التَّوْرٰىةَ وَالْاِنْجِیْلَ ۟ۙ
३) उसले (हे मुहम्मद) तपाईमाथि सत्यताको साथ ग्रन्थ (कुरआन) उतार्यो, जसले कि आफूभन्दा पहिलाका (किताबहरूको) पुष्टि गर्दछ र उसैले तौरात र इञ्जील उतार्यो ।
ዓረብኛ ተፍሲሮች:
مِنْ قَبْلُ هُدًی لِّلنَّاسِ وَاَنْزَلَ الْفُرْقَانَ ؕ۬— اِنَّ الَّذِیْنَ كَفَرُوْا بِاٰیٰتِ اللّٰهِ لَهُمْ عَذَابٌ شَدِیْدٌ ؕ— وَاللّٰهُ عَزِیْزٌ ذُو انْتِقَامٍ ۟ؕ
४) यसभन्दा पहिला मानिसहरूको मार्गदर्शनको निम्ति पहिला (तौरात र इञ्जील) र पछि कुरआन पनि उसैले उतार्यो । जुन मानिसहरू अल्लाहका आयतहरूको इन्कार गर्दछन्, तिनको लागि कठोर सजाय छ । र अल्लाह सर्वशक्तिमान र बदला लिनेवाला छ ।
ዓረብኛ ተፍሲሮች:
اِنَّ اللّٰهَ لَا یَخْفٰی عَلَیْهِ شَیْءٌ فِی الْاَرْضِ وَلَا فِی السَّمَآءِ ۟ؕ
५) निःसन्देह अल्लाहबाट पृथ्वी र आकाशको कुनै वस्तु लुकेको छैन ।
ዓረብኛ ተፍሲሮች:
هُوَ الَّذِیْ یُصَوِّرُكُمْ فِی الْاَرْحَامِ كَیْفَ یَشَآءُ ؕ— لَاۤ اِلٰهَ اِلَّا هُوَ الْعَزِیْزُ الْحَكِیْمُ ۟
६) ऊ आमाको गर्भमा जस्तो चाहन्छ तिम्रा रूपहरू बनाउँछ । उस सर्वशक्तिमान र बुद्धिमता सम्पन्न बाहेक अरु कोहि वास्तविक पूज्य छैन ।
ዓረብኛ ተፍሲሮች:
هُوَ الَّذِیْۤ اَنْزَلَ عَلَیْكَ الْكِتٰبَ مِنْهُ اٰیٰتٌ مُّحْكَمٰتٌ هُنَّ اُمُّ الْكِتٰبِ وَاُخَرُ مُتَشٰبِهٰتٌ ؕ— فَاَمَّا الَّذِیْنَ فِیْ قُلُوْبِهِمْ زَیْغٌ فَیَتَّبِعُوْنَ مَا تَشَابَهَ مِنْهُ ابْتِغَآءَ الْفِتْنَةِ وَابْتِغَآءَ تَاْوِیْلِهٖ ؔۚ— وَمَا یَعْلَمُ تَاْوِیْلَهٗۤ اِلَّا اللّٰهُ ۘؐ— وَالرّٰسِخُوْنَ فِی الْعِلْمِ یَقُوْلُوْنَ اٰمَنَّا بِهٖ ۙ— كُلٌّ مِّنْ عِنْدِ رَبِّنَا ۚ— وَمَا یَذَّكَّرُ اِلَّاۤ اُولُوا الْاَلْبَابِ ۟
७) उही अल्लाहले नै हो जसले तिमीलाई किताब प्रदान गर्यो, जसमा केही आधारभूत आयतहरू छन्, त्यही वास्तविक किताब हो र केही सामान्य प्रकृतिका छन् । अनि जसको हृदयमा कुटिलता हुन्छ तिनले फसाद गर्ने मनसाय र गलत व्याख्याको नीयतले यिनै सामान्य आयातको पछाडि लागिपर्दछन् । तर यसको वास्तविक अर्थ अल्लाह बाहेक अरु कसैलाई थाहा छैन । जुन मानिसहरू ठोस र गहिरो ज्ञान राख्दछन्, तिनीहरू भन्दछन् कि हामीले उनीमाथि आस्था राखीसकेका छौं । यी सबै हाम्रो पालनकर्ताको तर्फबाट हुन्, नसीहत (उपदेश) त बुझ्नेले मात्र ग्रहण गर्दछन् ।
ዓረብኛ ተፍሲሮች:
رَبَّنَا لَا تُزِغْ قُلُوْبَنَا بَعْدَ اِذْ هَدَیْتَنَا وَهَبْ لَنَا مِنْ لَّدُنْكَ رَحْمَةً ۚ— اِنَّكَ اَنْتَ الْوَهَّابُ ۟
८) हे हाम्रा रब (प्रतिपालक) ! तिमीले हामीलाई सही मार्ग निर्देशन प्रदान गरिसके पछि त्यस उपरान्त हाम्रो हृदयमा विकृति उत्पन्न नगर । र हामीलाई आफूकहाँबाट कृपा प्रदान गर, निःसन्देह तिमी नै परम् दानी (दाता) हौ ।
ዓረብኛ ተፍሲሮች:
رَبَّنَاۤ اِنَّكَ جَامِعُ النَّاسِ لِیَوْمٍ لَّا رَیْبَ فِیْهِ ؕ— اِنَّ اللّٰهَ لَا یُخْلِفُ الْمِیْعَادَ ۟۠
९) हे हाम्रो पालनकर्ता ! तिमीले निःसन्देह त्यसदिन जसको आगमनमा कुनै शंका छैन, सबै मानिसहरूलाई भेला गराउने छौ । निःसन्देह अल्लाह आफ्नो वाचा विपरीत गर्दैन ।
ዓረብኛ ተፍሲሮች:
 
የመልዕክት ትርጉም ሱራ (ምዕራፍ): ኣሊ-ኢምራን
የሱራዎች ማውጫ ገፅ ቁጥር
 
የተከበረው ቁርአን መልዕክተ ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማውጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

ለመዝጋት