Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አን ነምል   አንቀጽ:
فَلَمَّا جَآءَ سُلَیْمٰنَ قَالَ اَتُمِدُّوْنَنِ بِمَالٍ ؗ— فَمَاۤ اٰتٰىنِ اللّٰهُ خَیْرٌ مِّمَّاۤ اٰتٰىكُمْ ۚ— بَلْ اَنْتُمْ بِهَدِیَّتِكُمْ تَفْرَحُوْنَ ۟
३६) जब पत्रबाहक सुलैमानकहाँ पुग्यो, तब (सुलैमानले) भनेः के तिमीले मलाई धनबाट मद्दत गर्न चाहन्छौ, जे–जति अल्लाहले मलाई प्रदान गरेको छ, त्यो ऊ सबभन्दा राम्रो छ, जुन कि तिमीलाई दिएको छ । त्यसकारण तिमी पनि आफ्नो उपहारबाट खुशी भइराख ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِرْجِعْ اِلَیْهِمْ فَلَنَاْتِیَنَّهُمْ بِجُنُوْدٍ لَّا قِبَلَ لَهُمْ بِهَا وَلَنُخْرِجَنَّهُمْ مِّنْهَاۤ اَذِلَّةً وَّهُمْ صٰغِرُوْنَ ۟
३७) तिनीहरूको पासमा फर्केर जाऊ, हामीले उनीहरूको विरोधमा यस्तो सेना लिएर आउने छौं, जसको उनीहरूले सामना गर्नसक्ने छैनन् र हामीले उनीहरूलाई अपमानित गरेर निकालिदिनेछौं र तिनीहरू तिरस्कृत हुनेछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ یٰۤاَیُّهَا الْمَلَؤُا اَیُّكُمْ یَاْتِیْنِیْ بِعَرْشِهَا قَبْلَ اَنْ یَّاْتُوْنِیْ مُسْلِمِیْنَ ۟
३८) (सुलैमानले) भनेः कि हे दरबारवालाहरू ! तिमीहरूमध्ये कसले उसको सिंहासन लिएर मेरो पासमा आउँन सक्छ, यसभन्दा अगाडि कि तिनीहरू आज्ञाकारी भई मेरो पासमा आउन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ عِفْرِیْتٌ مِّنَ الْجِنِّ اَنَا اٰتِیْكَ بِهٖ قَبْلَ اَنْ تَقُوْمَ مِنْ مَّقَامِكَ ۚ— وَاِنِّیْ عَلَیْهِ لَقَوِیٌّ اَمِیْنٌ ۟
३९) जिन्नहरूमध्ये एउटा बलिष्टले भन्योः कि तपाईले यस बैठकबाट उठ्नुभन्दा पहिला नै म तपाईको अगाडि ल्याइदिनेछु । मलाई यसको शक्ति प्राप्त छ, र म विश्वसनीय पनि हूँ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ الَّذِیْ عِنْدَهٗ عِلْمٌ مِّنَ الْكِتٰبِ اَنَا اٰتِیْكَ بِهٖ قَبْلَ اَنْ یَّرْتَدَّ اِلَیْكَ طَرْفُكَ ؕ— فَلَمَّا رَاٰهُ مُسْتَقِرًّا عِنْدَهٗ قَالَ هٰذَا مِنْ فَضْلِ رَبِّیْ ۫— لِیَبْلُوَنِیْۤ ءَاَشْكُرُ اَمْ اَكْفُرُ ؕ— وَمَنْ شَكَرَ فَاِنَّمَا یَشْكُرُ لِنَفْسِهٖ ۚ— وَمَنْ كَفَرَ فَاِنَّ رَبِّیْ غَنِیٌّ كَرِیْمٌ ۟
४०) एउटा व्यक्तिले जसलाई किताबको ज्ञान थियो, भन्न थाल्यो कि म तपाईले आँखा चिम गर्नुभन्दा पहिले तपाईको पासमा पुर्याउन सक्दछु । जब उहाँले सिंहासन आफ्नो पासमा राखिएको देख्नु भयो त भने कि यो मेरो पालनकर्ताको उदार अनुग्रह हो, ताकि उसले मेरो परीक्षा लेओस् कि म कृतज्ञता व्यक्त गर्छु वा कृतघ्न बन्दछु । जसले कृतज्ञता देखाउँछ उसले आफ्नै लागि कृतज्ञता देखाउँछ र जसले कृतघ्नता देखायो, त मेरो पालनकर्ता निश्चय नै निस्पृह (र) उदारकर्ता छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ نَكِّرُوْا لَهَا عَرْشَهَا نَنْظُرْ اَتَهْتَدِیْۤ اَمْ تَكُوْنُ مِنَ الَّذِیْنَ لَا یَهْتَدُوْنَ ۟
४१) (सुलैमानले) भनेः कि यस सिंहासनमा केही परिवर्तन गर जसबाट यो थाहा होस् कि उसले बाटो (सही बाटो) पाउँछे वा सही बाटो नपाउनेहरूको समूहमध्येको हुनेछे ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَلَمَّا جَآءَتْ قِیْلَ اَهٰكَذَا عَرْشُكِ ؕ— قَالَتْ كَاَنَّهٗ هُوَ ۚ— وَاُوْتِیْنَا الْعِلْمَ مِنْ قَبْلِهَا وَكُنَّا مُسْلِمِیْنَ ۟
४२) अनि जब त्यो आइपुगीे त ऊसित भनियोः कि के तिम्रो सिंहासन पनि यस्तै छ ? उसले जवाफ दिई कि यो त त्यही जस्तो लाग्छ र मलाई त यसभन्दा अगाडि नै ज्ञान प्राप्त भइसकेको थियो र म आज्ञाकारी भइसकेको थिएँ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَصَدَّهَا مَا كَانَتْ تَّعْبُدُ مِنْ دُوْنِ اللّٰهِ ؕ— اِنَّهَا كَانَتْ مِنْ قَوْمٍ كٰفِرِیْنَ ۟
४३) र अल्लाह बाहेक जसलाई पूजा गर्दथी तिनले उनलाई रोकिराखेका थिए । निःसन्देह त्यो एउटा इन्कार गर्नेवाला समूहमध्येकी थिई ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قِیْلَ لَهَا ادْخُلِی الصَّرْحَ ۚ— فَلَمَّا رَاَتْهُ حَسِبَتْهُ لُجَّةً وَّكَشَفَتْ عَنْ سَاقَیْهَا ؕ— قَالَ اِنَّهٗ صَرْحٌ مُّمَرَّدٌ مِّنْ قَوَارِیْرَ ؕ۬— قَالَتْ رَبِّ اِنِّیْ ظَلَمْتُ نَفْسِیْ وَاَسْلَمْتُ مَعَ سُلَیْمٰنَ لِلّٰهِ رَبِّ الْعٰلَمِیْنَ ۟۠
४४) अनि उसित भनियोः कि महलमा प्रवेश गर । जब उसले त्यसको (फर्श) लाई देख्यो, तब उसले त्यसलाई पानीको हौज ठान्यों र आफ्नो पिडौला देखाइहाल्यो । सुलैमानले भने यो त शिशाबाट निर्मित महल हो । त्यसले भनी कि हे मेरो पालनकर्ता ! निश्चय नै मैले आफूमाथि अत्याचार गरें । अब मैले सुलैमानको साथमा आफूलाई अल्लाहमा समर्पित गरिदिएं, जो सम्पूर्ण जगतको पालनकर्ता हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አን ነምል
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት