Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል ሐጅ   አንቀጽ:

हज्ज

یٰۤاَیُّهَا النَّاسُ اتَّقُوْا رَبَّكُمْ ۚ— اِنَّ زَلْزَلَةَ السَّاعَةِ شَیْءٌ عَظِیْمٌ ۟
१) हे मानिसहरू ! आफ्नो पालनकर्तासित डर । निश्चय नै कियामतको भूकम्प साह्रै भयङ्कर कुरो हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یَوْمَ تَرَوْنَهَا تَذْهَلُ كُلُّ مُرْضِعَةٍ عَمَّاۤ اَرْضَعَتْ وَتَضَعُ كُلُّ ذَاتِ حَمْلٍ حَمْلَهَا وَتَرَی النَّاسَ سُكٰرٰی وَمَا هُمْ بِسُكٰرٰی وَلٰكِنَّ عَذَابَ اللّٰهِ شَدِیْدٌ ۟
२) जुन दिन त्यसलाई तिमीले देख्नेछौ, (अवस्था यो हुन्छ कि) प्रत्येक दूध ख्वाउने (आमा) आफ्ना दूध खाने बच्चाहरूलाई बिर्सिदिने छिन् र प्रत्येक गर्भवतीको गर्भपात भइजाने छ । र तिमीले मानिसहरूलाई नशा लगेको अवस्थामा देख्नेछौ, जबकि तिनीहरू नशा लागेको हुनेछैनन् । तर अल्लाहको सजाय बडो कठोर कुरो हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمِنَ النَّاسِ مَنْ یُّجَادِلُ فِی اللّٰهِ بِغَیْرِ عِلْمٍ وَّیَتَّبِعُ كُلَّ شَیْطٰنٍ مَّرِیْدٍ ۟ۙ
३) केही मानिसहरूले अल्लाहको विषयमा ज्ञान नभए पनि कुरो बनाउँछन् र अवज्ञाकारी शैतानको अनुशरण गर्दछन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
كُتِبَ عَلَیْهِ اَنَّهٗ مَنْ تَوَلَّاهُ فَاَنَّهٗ یُضِلُّهٗ وَیَهْدِیْهِ اِلٰی عَذَابِ السَّعِیْرِ ۟
४) त्यसको लागि अल्लाको फैसला लेखिसकिएको छ कि जसले ऊसँग (शैतानसँग) मित्रताको सम्बन्ध राख्नेछ त्यसलाई उसले पथभ्रष्ट गरेर नै छाड्नेछ र त्यसलाई उसले दन्किराखेको आगोको यातनातिर लैजानेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
یٰۤاَیُّهَا النَّاسُ اِنْ كُنْتُمْ فِیْ رَیْبٍ مِّنَ الْبَعْثِ فَاِنَّا خَلَقْنٰكُمْ مِّنْ تُرَابٍ ثُمَّ مِنْ نُّطْفَةٍ ثُمَّ مِنْ عَلَقَةٍ ثُمَّ مِنْ مُّضْغَةٍ مُّخَلَّقَةٍ وَّغَیْرِ مُخَلَّقَةٍ لِّنُبَیِّنَ لَكُمْ ؕ— وَنُقِرُّ فِی الْاَرْحَامِ مَا نَشَآءُ اِلٰۤی اَجَلٍ مُّسَمًّی ثُمَّ نُخْرِجُكُمْ طِفْلًا ثُمَّ لِتَبْلُغُوْۤا اَشُدَّكُمْ ۚ— وَمِنْكُمْ مَّنْ یُّتَوَفّٰی وَمِنْكُمْ مَّنْ یُّرَدُّ اِلٰۤی اَرْذَلِ الْعُمُرِ لِكَیْلَا یَعْلَمَ مِنْ بَعْدِ عِلْمٍ شَیْـًٔا ؕ— وَتَرَی الْاَرْضَ هَامِدَةً فَاِذَاۤ اَنْزَلْنَا عَلَیْهَا الْمَآءَ اهْتَزَّتْ وَرَبَتْ وَاَنْۢبَتَتْ مِنْ كُلِّ زَوْجٍ بَهِیْجٍ ۟
५) हे मानिसहरू ! यदि तिमीलाई (मृत्यु पश्चात) पुर्नजीवित हुने विषयमा कुनै सन्देह छ भने सोच, हामीले तिमीलाई माटोबाट सृष्टि गर्यौं, अनि वीर्यबाट, अनि रगतको डल्लोबाट (भ्रुणबाट) अनि मासुको डल्लोबाट जुन आकार दिइएको थियो जसको कुनै रूप थिएन ताकि हामीले तिमीलाई स्पष्ट पारिदिऊँ, र हामीले जसलाई चाहन्छौं एक निर्धारित समयसम्म आमाको पेटमा राखिरहन्छौं । अनि त्यसपछि तिमीलाई एउटा बच्चाको रूपमा दुनियाँमा ल्याउँछौं । अनि तिमीले आफ्नो युवावस्था प्राप्त गर र तिमीमध्ये कोही त पहिले नै मरिहाल्छन् र केही बुढेसको जीर्ण अवस्थातिर लगिन्छन् । जसलेगर्दा धेरै कुराको ज्ञान भएर पनि अज्ञान हुन्छन् । तिमीले देख्छौ कि जमिन सुखिसकेको बन्जर छ । फेरि जब हामीले त्यसमाथि पानीको वर्षा गराउँछौं तब त्यसमा हरियाली हुन्छ र त्यसमा सजीवता आउँछ र यो हरेक प्रकारको रुख बिरुवाबाट शोभायमान हुन्छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል ሐጅ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት