Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አል ኢስራዕ   አንቀጽ:

इस्रा

سُبْحٰنَ الَّذِیْۤ اَسْرٰی بِعَبْدِهٖ لَیْلًا مِّنَ الْمَسْجِدِ الْحَرَامِ اِلَی الْمَسْجِدِ الْاَقْصَا الَّذِیْ بٰرَكْنَا حَوْلَهٗ لِنُرِیَهٗ مِنْ اٰیٰتِنَا ؕ— اِنَّهٗ هُوَ السَّمِیْعُ الْبَصِیْرُ ۟
१) त्यो अल्लाह अत्यन्त पवित्र छ, जसले एकै रातमा आफ्नो भक्तलाई मस्जिदुल हराम (कअ्बा) बाट मस्जिदे अक्सा (बैतुल मुकद्दस) सम्म लिएर गयो, जसको चारैतिर मैले बरकत (कल्याण) दिइराखेको छु यसका लागि कि हामीले उसलाई आफ्नो केही निशानीहरू देखाउन सकौं । निःसन्देह अल्लाह नै धेरै सुन्नेवाला र देख्नेवाला हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاٰتَیْنَا مُوْسَی الْكِتٰبَ وَجَعَلْنٰهُ هُدًی لِّبَنِیْۤ اِسْرَآءِیْلَ اَلَّا تَتَّخِذُوْا مِنْ دُوْنِیْ وَكِیْلًا ۟ؕ
२) र हामीले मूसालाई किताब प्रदान गरेका थियौं र उसलाई बनी इस्राईलको निम्ति पथपदर्शक बनाएका थियौं, कि म बाहेक अरू कसैलाई कार्यसाधक नठहराउनु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ذُرِّیَّةَ مَنْ حَمَلْنَا مَعَ نُوْحٍ ؕ— اِنَّهٗ كَانَ عَبْدًا شَكُوْرًا ۟
३) हे ती मानिसहरूका सन्तति जसलाई हामीले नूहको साथ (डुङ्गामा) सवार गरेका थियौं, निःसन्देह नूह (हाम्रा) आभारी भक्त थिए ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَقَضَیْنَاۤ اِلٰی بَنِیْۤ اِسْرَآءِیْلَ فِی الْكِتٰبِ لَتُفْسِدُنَّ فِی الْاَرْضِ مَرَّتَیْنِ وَلَتَعْلُنَّ عُلُوًّا كَبِیْرًا ۟
४) हामीले बनी इस्राईलको लागि उनको किताबमा स्पष्ट फैसला गरेका थियौं, कि तिमीले पृथ्वीमा दुई पटक उपद्रव मच्चाउने छौ र ठूलो उदण्डता गर्नेछौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
فَاِذَا جَآءَ وَعْدُ اُوْلٰىهُمَا بَعَثْنَا عَلَیْكُمْ عِبَادًا لَّنَاۤ اُولِیْ بَاْسٍ شَدِیْدٍ فَجَاسُوْا خِلٰلَ الدِّیَارِ وَكَانَ وَعْدًا مَّفْعُوْلًا ۟
५) तसर्थ यी दुईमध्ये जब पहिलो (वचन) को समय आयो त हामीले आफ्ना भीषण युद्ध गर्ने दासहरू तिम्रो मुकाबिलामा पठायौं र तिनीहरू तिम्रा घरका भित्रि भागमा पनि फैलिहाले र अल्लाहको त्यो वचन पूरा हुने नै थियो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
ثُمَّ رَدَدْنَا لَكُمُ الْكَرَّةَ عَلَیْهِمْ وَاَمْدَدْنٰكُمْ بِاَمْوَالٍ وَّبَنِیْنَ وَجَعَلْنٰكُمْ اَكْثَرَ نَفِیْرًا ۟
६) फेरि हामीले तिमीलाई तिनीहरूमाथि अधिपत्य प्रदान गरेर तिम्रो दिन फेर्यौं र छोराहरूमा र धन सम्पत्तिमा वृद्धि गरी मद्दत गर्यौं र तिमीलाई ठूलो जथ्थावाला बनाइदियौं ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اِنْ اَحْسَنْتُمْ اَحْسَنْتُمْ لِاَنْفُسِكُمْ ۫— وَاِنْ اَسَاْتُمْ فَلَهَا ؕ— فَاِذَا جَآءَ وَعْدُ الْاٰخِرَةِ لِیَسُوْٓءٗا وُجُوْهَكُمْ وَلِیَدْخُلُوا الْمَسْجِدَ كَمَا دَخَلُوْهُ اَوَّلَ مَرَّةٍ وَّلِیُتَبِّرُوْا مَا عَلَوْا تَتْبِیْرًا ۟
७) यदि तिमीले असल कर्म गर्छौ भने आफ्नै फाइदाको लागि र यदि दुष्कर्म गर्दछौ भने तिनको परिणाम पनि तिमीले नै भोग्नु पर्नेछ । अनि जब दोस्रो वचनको (समय) आयो, (त अर्का भक्त पठायौं) ताकि तिम्रा अनुहार बिगारिदेउन् र पहिलो चोटी जस्तै त्यस मस्जिद (बैतुल मुकद्दस) मा प्रवेश गरिहालुन् । र जुन–जुन कुरामाथि नियन्त्रण गरुन्, तोड फोड गरी त्यसलाई नष्ट गरिहालुन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አል ኢስራዕ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት