Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: አር-ረዕድ   አንቀጽ:
وَیَسْتَعْجِلُوْنَكَ بِالسَّیِّئَةِ قَبْلَ الْحَسَنَةِ وَقَدْ خَلَتْ مِنْ قَبْلِهِمُ الْمَثُلٰتُ ؕ— وَاِنَّ رَبَّكَ لَذُوْ مَغْفِرَةٍ لِّلنَّاسِ عَلٰی ظُلْمِهِمْ ۚ— وَاِنَّ رَبَّكَ لَشَدِیْدُ الْعِقَابِ ۟
६) र जो तिमीबाट (दण्डको प्राप्तिमा) छिटो गरिरहेका छन् राहतभन्दा अगावै नै, जब कि उनीभन्दा अगाडि धेरै शिक्षाप्रद उदाहरण आइसकेको छ । र निःसन्देह तिम्रो पालनहार मुक्ति दिनेवाला छ, मान्छेहरूको नचाँहिदो अपराधमा पनि र यो पनि निश्चित कुरो छ, कि तिम्रो पालनकर्ता भयंकर दण्ड दिनेवाला छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیَقُوْلُ الَّذِیْنَ كَفَرُوْا لَوْلَاۤ اُنْزِلَ عَلَیْهِ اٰیَةٌ مِّنْ رَّبِّهٖ ؕ— اِنَّمَاۤ اَنْتَ مُنْذِرٌ وَّلِكُلِّ قَوْمٍ هَادٍ ۟۠
७) र काफिरहरू भन्दछन्ः कि उनीमाथि उनको पालनकर्ताको तर्फबाट कुनै चमत्कार किन उतारिएना कुरो यो छः कि तपाई त मात्र सावधान गर्नेवाला हुनुहुन्छ, र हरेक कौमको लागि (एउटा) मार्गदर्शक छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَللّٰهُ یَعْلَمُ مَا تَحْمِلُ كُلُّ اُ وَمَا تَغِیْضُ الْاَرْحَامُ وَمَا تَزْدَادُ ؕ— وَكُلُّ شَیْءٍ عِنْدَهٗ بِمِقْدَارٍ ۟
८) अल्लाह राम्ररी जान्दछ जे स्त्रीको गर्भमा रहन्छ र भूडीको ठूलो सानो आकार पनि, र हर वस्तु उसनिर एउटा निश्चित रूपमा छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
عٰلِمُ الْغَیْبِ وَالشَّهَادَةِ الْكَبِیْرُ الْمُتَعَالِ ۟
९) त्यो प्रत्यक्ष तथा परोक्षको ज्ञाता हो । (सबै भन्दा) महान र (सबैभन्दा) उच्चतम छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
سَوَآءٌ مِّنْكُمْ مَّنْ اَسَرَّ الْقَوْلَ وَمَنْ جَهَرَ بِهٖ وَمَنْ هُوَ مُسْتَخْفٍ بِالَّیْلِ وَسَارِبٌ بِالنَّهَارِ ۟
१०) तिमीमध्ये कसैले आफ्नो कुरोलाई लुकाएर भनोस् अथवा ठूलो स्वरमा भनोस् र जुन रात्रीमा लुकेको छ र जुन दिउँसोमा भइरहेको छ, सबै अल्लाहको लागि एकैनास छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
لَهٗ مُعَقِّبٰتٌ مِّنْ بَیْنِ یَدَیْهِ وَمِنْ خَلْفِهٖ یَحْفَظُوْنَهٗ مِنْ اَمْرِ اللّٰهِ ؕ— اِنَّ اللّٰهَ لَا یُغَیِّرُ مَا بِقَوْمٍ حَتّٰی یُغَیِّرُوْا مَا بِاَنْفُسِهِمْ ؕ— وَاِذَاۤ اَرَادَ اللّٰهُ بِقَوْمٍ سُوْٓءًا فَلَا مَرَدَّ لَهٗ ۚ— وَمَا لَهُمْ مِّنْ دُوْنِهٖ مِنْ وَّالٍ ۟
११) उसका चौकीदारहरू मान्छेको अगाडि–पाछाडि नियुक्त छन्, जो अल्लाहको हुकुम अनुसार त्यसको चौकसी गर्दछन् । कुनै समुदायको अवस्था अल्लाह बदल्दैन जबसम्म कि त्यसले स्वयं उसलाई नबदलोस् जो उसका हृदयमा छन्, र अल्लाह जब कुनै समुदायलाई दण्डित गर्ने योजना बनाउँछ, त त्यो परिवर्तन हुँदैन । र उसबाहेक कोही पनि उसको योजनाकार छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
هُوَ الَّذِیْ یُرِیْكُمُ الْبَرْقَ خَوْفًا وَّطَمَعًا وَّیُنْشِئُ السَّحَابَ الثِّقَالَ ۟ۚ
१२) त्यो अल्लाह नै हो जसले तिमीलाई चट्याङ्गको चमक भयभीत गर्न र आशा दिलाउनको लागि देखाउँछ, र भारी बादलहरूलाई सृजना गर्छ (उठाउँछ) ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیُسَبِّحُ الرَّعْدُ بِحَمْدِهٖ وَالْمَلٰٓىِٕكَةُ مِنْ خِیْفَتِهٖ ۚ— وَیُرْسِلُ الصَّوَاعِقَ فَیُصِیْبُ بِهَا مَنْ یَّشَآءُ وَهُمْ یُجَادِلُوْنَ فِی اللّٰهِ ۚ— وَهُوَ شَدِیْدُ الْمِحَالِ ۟ؕ
१३) बिजुलीको गर्जना उसको पवित्रताको प्रशंसा गर्दछ, र फरिश्ताहरू पनि उसको भयबाट (त्यसै गर्दैछन्) । उही चट्याङ्ग पठाउँछ, र जसमाथि चाहन्छ त्यसमाथि खसाल्छ । जब कि तिनीहरू (बहुदेववादीहरू) अल्लाह वापत झैं–झगडा गरिरहेका छन्, र अल्लाह कठोर शक्तिवाला छ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: አር-ረዕድ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት