Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ሁድ   አንቀጽ:
وَیٰقَوْمِ لَاۤ اَسْـَٔلُكُمْ عَلَیْهِ مَالًا ؕ— اِنْ اَجْرِیَ اِلَّا عَلَی اللّٰهِ وَمَاۤ اَنَا بِطَارِدِ الَّذِیْنَ اٰمَنُوْا ؕ— اِنَّهُمْ مُّلٰقُوْا رَبِّهِمْ وَلٰكِنِّیْۤ اَرٰىكُمْ قَوْمًا تَجْهَلُوْنَ ۟
२९) र हे मेरो समुदायका मानिसहरू ! म यस (सन्देश) बापत तिमीसित धनसम्पत्ति माँग्दिनँ, मेरो पुरस्कार त केवल अल्लाहको जिम्मामा छ, र म ईमानवाला मानिसहरूलाई लखेटन सक्दिनँ, तिनीहरू आफ्नो पालनकर्तासित साक्षातकार प्राप्त गर्नेवाला छन्, तर म तिमीहरूलाई अज्ञानतापूर्ण कार्य गरिराखेको देख्दछु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَیٰقَوْمِ مَنْ یَّنْصُرُنِیْ مِنَ اللّٰهِ اِنْ طَرَدْتُّهُمْ ؕ— اَفَلَا تَذَكَّرُوْنَ ۟
३०) र हे मेरो कौमका मानिसहरू यदि मैले तिनीहरूलाई निकालिदिएँ भने अल्लाहबाट कसले मेरो मद्दत गर्न सक्दछ । के तिमी केही उपदेश ग्रहण गर्दैनौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَاۤ اَقُوْلُ لَكُمْ عِنْدِیْ خَزَآىِٕنُ اللّٰهِ وَلَاۤ اَعْلَمُ الْغَیْبَ وَلَاۤ اَقُوْلُ اِنِّیْ مَلَكٌ وَّلَاۤ اَقُوْلُ لِلَّذِیْنَ تَزْدَرِیْۤ اَعْیُنُكُمْ لَنْ یُّؤْتِیَهُمُ اللّٰهُ خَیْرًا ؕ— اَللّٰهُ اَعْلَمُ بِمَا فِیْۤ اَنْفُسِهِمْ ۖۚ— اِنِّیْۤ اِذًا لَّمِنَ الظّٰلِمِیْنَ ۟
३१) म तिमीसित यो भन्दिनँ कि मसित अल्लाहको खजाना छ र नत यो कि म अदृश्य कुरो जान्दछु र नत यो भन्छु कि म फरिश्ता हूँ र न तिनीहरूको बारेमा केही भन्दछु, जसलाई तिमीले हेलाको दृष्टिले हेर्दैछौ, कि अल्लाहले तिनीहरूलाई राम्रो प्रतिफल दिनेछैन । जुन उनका हृदयमा छन्, त्यसलाई अल्लाह जान्दछ । यदि म यस्तो भन्छु भने निःसन्देह अत्याचारीहरूमध्येको हुनेछु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالُوْا یٰنُوْحُ قَدْ جَادَلْتَنَا فَاَكْثَرْتَ جِدَالَنَا فَاْتِنَا بِمَا تَعِدُنَاۤ اِنْ كُنْتَ مِنَ الصّٰدِقِیْنَ ۟
३२) सम्प्रदाय वालाले भनेः कि हे नूह ! तिमीले हामीसँग धेरै विवाद गर्यौ यदि तिमी साँचो हौ भने जुन कुरोबाट हामीलाई तर्साइराखेका छौ त्यो हाम्रो अगाडि लिएर आऊ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
قَالَ اِنَّمَا یَاْتِیْكُمْ بِهِ اللّٰهُ اِنْ شَآءَ وَمَاۤ اَنْتُمْ بِمُعْجِزِیْنَ ۟
३३) नूह (अलैस्सिलाम) ले भने कि यसलाई त अल्लाहले चाहे भने मात्र ल्याउन सक्छ र तिमीले उसलाई कुनै प्रकारले विवश गर्न सक्दैनौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَلَا یَنْفَعُكُمْ نُصْحِیْۤ اِنْ اَرَدْتُّ اَنْ اَنْصَحَ لَكُمْ اِنْ كَانَ اللّٰهُ یُرِیْدُ اَنْ یُّغْوِیَكُمْ ؕ— هُوَ رَبُّكُمْ ۫— وَاِلَیْهِ تُرْجَعُوْنَ ۟ؕ
३४) र यदि म चाहन्छु कि तिम्रो भलो गरूँ र अल्लाह यो चाहन्छ कि तिमीलाई मार्गविचलित गरोस् त मेरो शुभेक्षा तिमीलाई कुनै फाइदा पुर्याउन सक्दैन । उही नै तिम्रो पालनकर्ता हो र तिमीहरूलाई उसैतिर फर्केर जानुपर्नेछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ یَقُوْلُوْنَ افْتَرٰىهُ ؕ— قُلْ اِنِ افْتَرَیْتُهٗ فَعَلَیَّ اِجْرَامِیْ وَاَنَا بَرِیْٓءٌ مِّمَّا تُجْرِمُوْنَ ۟۠
३५) के यिनीहरूले भन्दछन्ः कि यसलाई पैगम्बर आफैले बनाइहालेको छ त भनिदिनुस्ः कि यदि मैले आफैले यसलाई बनाएको छु भने त्यसको अपराध ममाथि छ र जुन अपराध तिमीहरूले गर्दछौ त्यसको जिम्मेवारीबाट म मुक्त छु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاُوْحِیَ اِلٰی نُوْحٍ اَنَّهٗ لَنْ یُّؤْمِنَ مِنْ قَوْمِكَ اِلَّا مَنْ قَدْ اٰمَنَ فَلَا تَبْتَىِٕسْ بِمَا كَانُوْا یَفْعَلُوْنَ ۟ۚ
३६) नूहमाथी प्रकाशना (वह्य) गराइयो कि तिम्रो कौममा (समुदायमा) जसले ईमान ल्याएका छन्, तिनीहरू बाहेक अरु कोही ईमान ल्याउने छैन, तसर्थ जुन काम यिनीहरूले गरिराखेका छन त्यसको कारणले दुःखी नहुनु ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاصْنَعِ الْفُلْكَ بِاَعْیُنِنَا وَوَحْیِنَا وَلَا تُخَاطِبْنِیْ فِی الَّذِیْنَ ظَلَمُوْا ۚ— اِنَّهُمْ مُّغْرَقُوْنَ ۟
३७) र एउटा डुङ्गा हाम्रो आँखा अगाडी हाम्रो आदेशानुसार निर्माण गर र जुन मानिसहरू अत्याचारी छन्, तिनीहरूको बारेमा हामीसित केही नभन्नु किनभने तिनीहरू अवश्य नै डुबाइने छन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ሁድ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት