Check out the new design

የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር * - የትርጉሞች ማዉጫ


የይዘት ትርጉም ምዕራፍ: ዩኑስ   አንቀጽ:
قُلْ هَلْ مِنْ شُرَكَآىِٕكُمْ مَّنْ یَّبْدَؤُا الْخَلْقَ ثُمَّ یُعِیْدُهٗ ؕ— قُلِ اللّٰهُ یَبْدَؤُا الْخَلْقَ ثُمَّ یُعِیْدُهٗ فَاَنّٰی تُؤْفَكُوْنَ ۟
३४) तपाईले भन्नुस् कि तिम्रा साझेदारहरूमध्ये यस्तो को छ ? जसले पहिलो पटक पनि सृष्टिको प्रारम्भ गरोस् र त्यसलाई दोस्रो पटक पनि दोहोरयाओस् (सृष्टि गरेस्)। तपाईले भनिदिनुस् कि त्यो अल्लाह नै हो जसले सृष्टिको शुरूआत गर्दछ र त्यसको पुनरावृति पनि गर्दछ, तसर्थ तिमी कहाँ पथभ्रमित भइराखेका छौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
قُلْ هَلْ مِنْ شُرَكَآىِٕكُمْ مَّنْ یَّهْدِیْۤ اِلَی الْحَقِّ ؕ— قُلِ اللّٰهُ یَهْدِیْ لِلْحَقِّ ؕ— اَفَمَنْ یَّهْدِیْۤ اِلَی الْحَقِّ اَحَقُّ اَنْ یُّتَّبَعَ اَمَّنْ لَّا یَهِدِّیْۤ اِلَّاۤ اَنْ یُّهْدٰی ۚ— فَمَا لَكُمْ ۫— كَیْفَ تَحْكُمُوْنَ ۟
३५) तपाई भन्नुस् कि तिम्रा साझेदारहरूमध्ये कोही यस्तो छ जसले सत्यको मार्ग देखाउन सक्तछ ? तपाई भनिदिनुस् कि अल्लाहले नै सत्यको मार्ग देखाउँछ । अनि के जसले सत्यको मार्ग देखाउँछ, त्यो यस योग्य छ कि त्यसको अनुशरण गरियोस् अथवा त्यो जसलाई जबसम्म मार्ग न देखाइयोस् तबसम्म आफै बाटो पाउँदैन ? तसर्थ तिमीलाई के भएको छ, तिमी कस्तो फैसला गर्दछौ ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا یَتَّبِعُ اَكْثَرُهُمْ اِلَّا ظَنًّا ؕ— اِنَّ الظَّنَّ لَا یُغْنِیْ مِنَ الْحَقِّ شَیْـًٔا ؕ— اِنَّ اللّٰهَ عَلِیْمٌۢ بِمَا یَفْعَلُوْنَ ۟
३६) र तिनीहरूमध्ये धेरै जसोले मात्र अनुमानको भरमा हिड्दैछन् र सत्यको अगाडि अनुमानको कुनै उपादेयता छैन यिनीहरू जे सुकै गरिरहेका छन् अल्लाह ती समस्तलार्इ जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمَا كَانَ هٰذَا الْقُرْاٰنُ اَنْ یُّفْتَرٰی مِنْ دُوْنِ اللّٰهِ وَلٰكِنْ تَصْدِیْقَ الَّذِیْ بَیْنَ یَدَیْهِ وَتَفْصِیْلَ الْكِتٰبِ لَا رَیْبَ فِیْهِ مِنْ رَّبِّ الْعٰلَمِیْنَ ۟۫
३७) र यो कुरआन यस्तो छैन कि अल्लाह बाहेक अरु कसैले आफ्नो तर्फबाट रचेर ल्याउन सकोस् । अपितु यसले जुन ग्रन्थहरू यसभन्दा अगाडिका छन् तिनीलाई प्रमाणित गर्दछ र आवश्यक निर्देशनहरूको यसमा विवरण छ । यसमा कुनै शंका छैन कि यो पालनकर्ताबाट प्रदान गरिएको हो ।
የአረብኛ ቁርኣን ማብራሪያ:
اَمْ یَقُوْلُوْنَ افْتَرٰىهُ ؕ— قُلْ فَاْتُوْا بِسُوْرَةٍ مِّثْلِهٖ وَادْعُوْا مَنِ اسْتَطَعْتُمْ مِّنْ دُوْنِ اللّٰهِ اِنْ كُنْتُمْ صٰدِقِیْنَ ۟
३८) के यिनीहरूले यो भन्दछन्ः कि पैगम्बरले त्यसलाई आफ्नो तर्फबाट रचेका हुन् । भनिदिनुस् कि यदि साँचो हौ भने तिमीले पनि यस्तै प्रकारको एक सूरः बनाएर ल्याऊ, र अल्लाह बाहेक जसलाई तिमी बोलाउन सक्छौ बोलाइहाल यदि तिमी साँचो छौ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
بَلْ كَذَّبُوْا بِمَا لَمْ یُحِیْطُوْا بِعِلْمِهٖ وَلَمَّا یَاْتِهِمْ تَاْوِیْلُهٗ ؕ— كَذٰلِكَ كَذَّبَ الَّذِیْنَ مِنْ قَبْلِهِمْ فَانْظُرْ كَیْفَ كَانَ عَاقِبَةُ الظّٰلِمِیْنَ ۟
३९) वास्वविकता यो हो कि जुन कुराको ज्ञानमाथि नियन्त्रण प्राप्त गर्न सकेनन् त्यसलाई झूठा भनी आरोप लगाए, र यसैले यसको सत्यता उनीमाथि प्रकट नै भएको छैन । यसैगरी जो मानिसहरू यिनीहरूभन्दा पहिला थिए तिनीहरूले पनि झूठ भनेका थिए, तसर्थ हेर्नुस् ती अत्याचारीहरूको परिणाम कस्तो भयो ?
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمِنْهُمْ مَّنْ یُّؤْمِنُ بِهٖ وَمِنْهُمْ مَّنْ لَّا یُؤْمِنُ بِهٖ ؕ— وَرَبُّكَ اَعْلَمُ بِالْمُفْسِدِیْنَ ۟۠
४०) र यिनीहरूमध्ये केही त यस्ता छन् जसले कि यसमाथि ईमान ल्याउनेछन् र केही यस्ता छन् जसले कि यसमाथि ईमान ल्याउने छैनन् । र तपाईको पालनकर्ताले उपद्रवीहरूलाई राम्ररी जान्दछ ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَاِنْ كَذَّبُوْكَ فَقُلْ لِّیْ عَمَلِیْ وَلَكُمْ عَمَلُكُمْ ۚ— اَنْتُمْ بَرِیْٓـُٔوْنَ مِمَّاۤ اَعْمَلُ وَاَنَا بَرِیْٓءٌ مِّمَّا تَعْمَلُوْنَ ۟
४१) र यदि यिनीहरूले तपाईलाई झूठा भन्दछन् भने भनिदिनुस् कि मलाई मेरो कर्म र तिमीलाई तिम्रो कर्म छ । तिमी मेरा कर्महरूको उत्तरदायी छैनौ र ममाथि तिम्रा कर्महरूको जवाफदेही छैन ।
የአረብኛ ቁርኣን ማብራሪያ:
وَمِنْهُمْ مَّنْ یَّسْتَمِعُوْنَ اِلَیْكَ ؕ— اَفَاَنْتَ تُسْمِعُ الصُّمَّ وَلَوْ كَانُوْا لَا یَعْقِلُوْنَ ۟
४२) र यिनीहरूमध्ये केही यस्ता छन्, जसले तपाईतिर कान थापि बसेका छन् । त के तपाईले बहिराहरूलाई सुनाउनु हुन्छ, यद्यपि तिनीहरू केही पनि बुझ्ने गर्दैनन् ।
የአረብኛ ቁርኣን ማብራሪያ:
 
የይዘት ትርጉም ምዕራፍ: ዩኑስ
የምዕራፎች ማውጫ የገፅ ቁጥር
 
የቅዱስ ቁርዓን ይዘት ትርጉም - የኔፓል ቋንቋ ትርጉም- በአህሉል-ሐዲሥ ማህበር - የትርጉሞች ማዉጫ

በኔፓል አህሉል ሐዲስ ማዕከላዊ ማህበር የተሰጠ

መዝጋት